भैरहवा, १७ मंसिर । २८ औं अपाङ्गता दिवसको अवसरमा रोहिणी गाउँपालिकाको आयोजनामा “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाले यस अघि अपाङ्गमैत्री विभिन्न काम गरेको र आगामी दिनमा समेत यस्तो कामलाई निरन्तरता दिईने बताउनु भयो । उहांले गाउँपालिकाले आफै घर घरमा खटेर अपाङ्गता परिचय पत्र वितरण गरेको र सोही आधारमा बिभिन्न सुविधाहरु समेत उपलब्ध गराउंदै आएको जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षतामा भएको कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, बिर बहादुर क्षेत्री, घनश्याम सिंह क्षेत्री लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । शान्ति यादवको ंचालनमा कार्यक्रम भएको थियो ।
दिवसकै अवसर पारेर गाउँपालिकाको आयोजनामा ¥यालीको समेत आयोजना गरिएको थियो । गाउँपालिकाबाट शुरु भएको ¥याली धकधई बजार परिक्रमा गरि राम नरेश आदर्श माध्यमिक बिद्यालयमा पुगेर कार्यक्रम सहित समापन भएको थियो ।