Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आस्था सहकारीद्धारा जेष्ठ नागरिकलाईे सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आस्था सहकारीद्धारा जेष्ठ नागरिकलाईे सहयोग

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
50
SHARES
ShareTweet


बुटवल, १७ मंसिर । बुटवल उपमहानगरपालिका वडा नं. १३ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाले जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरेको छ । सहकारीको साधारणको सभाको अवसर पारेर संस्थाले मंगलबार बुटवल २ मा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई न्यायो कपडा स्वीटर, टोपी तथा ट्रयाकसुट वितरण गरिएको हो ।
संस्थाका अध्यक्ष बसन्तप्रसाद ढकाल र बुटवल उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष रमेश नेपालले बृद्धाश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलाई १५ हजार रुपैंया बराबरको न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो ।
न्यानो कपडा वितरण गर्दै वडा अध्यक्ष नेपालले सहकारीले साधारण सभाको अवसरमा बृद्धबृद्धालाई सम्मान गरेर न्यानोकपडा प्रदान गरेकामा धन्यवाद दिँदै जाडो सुरु हुँनै लाग्दा प्रदान गरेको कपडा जेष्ठ नागरिककालागि पनि उपयोगी हुने बताउनु भयो ।
त्यस्तै सहकारी संस्थाका अध्यक्ष ढकालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गरेर जेष्ठनागरिकको सम्मानकालागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले जाडो सुरु हुनै लाग्दा प्रदान गरिएको कपडा जेष्ठ नागरिककालागि पनि उपयोगि हुने विश्वास व्यक्त गर्नुभयो ।
आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले जेष्ठ नागरिकलाई प्रदान गरिएको न्यानो कपडा ग्रहण गर्दै संघसंस्थाको सानो सानो सहयोगबाट नै आश्रम सञ्चालन भएको र संस्थाले जेष्ठ नागरिकलाई सम्झेर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । सहकारीको उपाध्यक्ष तथा कार्यक्रम संयोजक शोभाखर पोखरेलको स्वागत तथा सदस्य मधुकला कुवँरको सञ्चालनमा कार्यक्रम भएको थियो । सहकारीको यहि मंसिर २१ गते शनिबार वार्षिक साधारण सभा हुँदैछ ।

≪ Previous Post

गुल्मीवाट कुलपुजाका लागि बागलुङ आउँदै गरेको जीप दुर्घटनाहुदा १४ को मृत्यु

Next Post ≫

लायन्स क्लव अफ बुटवल युथमा समिक्षा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क