Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम
80
SHARES
ShareTweet

तिलोत्तमा, १७ मंसिर । रुपन्देहीको तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नं. प्रदेश प्रहरी तालिम केन्द्रले आधारभुत तालिम प्रदान गरेको छ ।
नगर प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरुको समन्वयमा तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो ।


तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० जना नगर प्रहरीको सहभागिता रहेको थियो । उनीहरुलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको मूल्यांकनका आधार, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतको बारेमा तालिम दिइएको केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिनुभयो ।


उनीहरुलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको थियो । नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको केन्द्रका प्रहरी नायव उपरीक्षक सुवाष गैरेले जानकारी दिनुभयो ।


नगर प्रहरीलाई शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको केन्द्रले जनाएको छ ।
सम्बन्धित पालिका प्रमुखहरुको उपस्थितमा आयोजित नगर प्रहरी दिक्षान्त कार्यक्रममा नगर प्रहरीले कवाज सपथ र दज्र्यानी चिन्ह ग्रहण गरेका थिए । त्यसअवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले स्थानीय सरकारका काम÷कारवाहीलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

≪ Previous Post

बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल

Next Post ≫

गुल्मीवाट कुलपुजाका लागि बागलुङ आउँदै गरेको जीप दुर्घटनाहुदा १४ को मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क