Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल
70
SHARES
ShareTweet

क्यान्सर पीडित र अनाथ आश्रमलाई आर्थिक सहयोग


श्यामलाल पोखरेल
बुटवल, १७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर २ जानकीनगरका महिलाहरुले अनाथ वालवालिकाहरुको लागि अक्षयकोष स्थापना गरेका छन् । बर पिपलपथ महिला समूहमा आवद्व महिलाहरुले तिलोत्तमा ६ मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा आश्रित वालवालिकाको लागि अक्षयकोष स्थापना गरेका हुन् ।
सामाजिक क्षेत्रमा क्रियाशिल महिला समूहले देउसी भैलोबाट संकलन भएको पैसाबाट अक्षयकोष स्थापना गर्नुका साथै क्यान्सर पींडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।
अनाथ वालवालिकाको लागि २५ हजारको अक्षयकोष र क्यान्स पीडित तिलोत्तमा नगरपालिका वडानम्वर २ की दुर्गा चौधरीलाई बर पिपलपथ महिला समूहद्वारा १० हजार नगद सहयोग गरिएको छ ।
आर्थिक अभावका कारण पढ्नबाट बन्चित भएका र बिरामी भएर उपचार गर्न नसकेकालाई मानविय सहयोग स्वरुप सहयोग गरिएको बर पिपलपथ महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेलले बताउनु भयो ।
अनाथ वालवालिकालाई पढाईका लागि अक्ष्यकोष र पाठेघरको क्यानन्सरबाट पीडित विपन्न परिवारकी दुर्गा चौधरीलाई आर्थिक सहयोग गरिएको हो । गरिवीका कारण पाठेघरको क्यान्सर हुंदापनि किमोको खर्च जुटाउन नसकेर पीडा सहेर घरमै बसेकी दुर्गा चौधरीलाई महिला समूहले घरमै गएर १० हजार सहयोग गरेको हो ।


त्यस्तै एक कार्यक्रमको आयोजना गरी महिला समूहले अनाथ वालवालिकाको अक्षयकोषको रकम पनि आत्मशान्ति अनाथ आश्रमकी सञ्चालक मैनादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ ।
यस्तै क्यान्सर पीडित दुर्गा चौधरीलाई आर्थिक अभाव हुन नदिनका लागि सहयोग जुटाउन पहल गरिने र अनाथ वालवालिकाहरुको लागि पनि प्रत्येक बर्ष सहयोग गरिने महिला समूहकी सचिव राधिका बस्यालले जानकारी दिनुभयो ।
बर पिपलपथ महिला समूहले छिमेकमा मर्दापर्दा र सामाजिक भवनका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ भने वडाको सरसफाईमा समेत सक्रिय सहभागिता जनाउदै आएको छ । भैलोबाट संकलन भएको पैसा सामाजिक कार्यमा खर्च गरिने र फजुल खर्च नगर्ने महिला समूहमा आवद्ध पदाधिकारी तथा सदस्यहरुले प्रतिबद्वता जनाएका छन् ।

≪ Previous Post

बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी

Next Post ≫

स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क