Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी

संसारपोस्ट संवाददाता · १६ मंसिर २०७६ · 0
बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी
80
SHARES
ShareTweet

बुटवल, १६ मंसिर । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ । पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा राख्नलागिएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला प्रचार प्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो ।

बुटवल मिलनचोकमा रहेको ‘जिसी रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी’ले पानीबाट गाडी चल्ने प्रणालीको बिकास गरेको र त्यही प्रणालीलाई मेलामा राख्न लागिएको हो । उक्त कम्पनीले नेपालमा मात्रै नभएर विश्वमै पहिलो पटक पानीबाट गाडी चल्ने प्रणाली अध्ययन गरेर बिकास गरेको हो ।

त्यसकालागि गाडीमा एउटा छुट्टै डिभाईस जडान गर्नुपर्ने कम्पनीका मेकानिकल ईञ्जिनियर शिशिर जिसीले बताउनु भयो । उहाँका अनुसार हरेक प्रकारका गाडी र जेनेरेटरमा समेत यो डिभाईस जडान गर्न मिल्छ । गाडी चलाउनकालागि ६० प्रतिशत ईन्धन र ४० प्रतिशत पानी (केमिकल ट्रिट वाटर) आवश्यक पर्छ । जडान गरिएको डिभाईसबाट पानी सप्लाई गरिन्छ । उक्त पानी ग्याँसमा परिणत भएर ईञ्जिनमा प्रवेश गराईन्छ । उक्त डिभाईसमा ४ दशमलव ६ लिटर पानी अटाउँछ । त्यसले गाडीलाई १ हजार ५ सय किलोमिटर गुडाउँछ ।

सामान्यतया ईन्धनमा पानी मिसियो भने ईञ्जिनलाई सिज समेत गराउन सक्छ । तर यो प्रणालीबाट चलाईने गाडीको माईलेज, पावर, पिकअप बढाउने, ईञ्जिनलाई स्मुथ बनाउने र चलाउन समेत धेरै सजिलो हुने ईञ्जिनियर जिसी बताउनु हुन्छ ।

त्यस्तै गाडी भित्र शुद्ध अक्सिजन प्रदान गर्ने र यसैका कारण गाडीको साईलेन्सरबाट निस्कने धुवामा कार्वनमोनो अक्साईड र हाईड्रो कार्वन उत्सर्जनमा कमि हुने भएकाले वातावरणका हिसावले पनि बढी उपयोगी भएको उहाँले बताउनु भयो ।

≪ Previous Post

सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी

Next Post ≫

बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क