Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी

संसारपोस्ट संवाददाता · १६ मंसिर २०७६ · 0
सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी
90
SHARES
ShareTweet

बुटवल १६ मंसिर
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आउदो पुष १४ गते देखि १६ गते सम्म बुटवलमा आयोजना गर्ने दोस्रो सडक खाना महोत्सवको वारेमा कार्यक्रम स्थलका जनप्रतिनिधी र टोल वासीसंग छलफल गरेको छ ।
सोमवार संघको सचिवालयमा आयोजित छलफल कार्यक्रममा खाना महोत्सव मानवि समवेदना संग जोडिएको विषय भएकाले गुणस्तर तथा सरसफाईमा ध्यान दिनु पर्ने सुझाव उनिहरुले दिएका थिए ।
प्रदेश ५ सरकारले मनाई रहेको लुम्बिनी भ्रमण वर्ष तथा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य सहित संघले अग्रेजी नयाँ वर्षको अवसरमा दोस्रो सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।
महोत्सव आयोजना हुने ९ नम्बर वडाका अध्यक्ष विष्णु बहादुर थापाले जनप्रतिनिधीले गर्ने र संघले गर्ने कामको विभाजन गरी महोत्सव सफल पार्नका लागि सवै जुटनु पर्ने बताउनु भयो । उहाँले जनप्रतिनिधीको रुपमा गर्ने कामलाई प्रभावकारी रुपमा गर्ने प्रतिवद्धता जनाउदै शान्ति सुरक्षा, खानेपानी, सरसफाई, विद्युत र गुण स्त्तरिय खानपानमा गम्भिर हुन संघलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा मिलन टोल विकास संस्थाका कृष्ण प्रसाद श्रेष्ठ, मिलनचोकटोल विकास संस्थाका शंकर ज्ञवाली, मिलिजुली शितल टोल विकास संस्थाका दीपक गौतम, जागरण टोल विकास संस्थाका हरि प्रसाद खनाल, सत्यसायी भैरव टोल विकास संस्थाका विष्णु प्रसाद ढकाल, शितलकुन्ज टोल विकास संस्थाका हेम बहादुर पछाई, तितेपाती महिला ऋण तथा वचतकी कमला कुवर, प्रगती टोल विकास संस्थाकी ईन्दिरा तिमिल्सीना, मनकामना टोल विकास संस्थाकी शुसिला नेपाल लगायतले महोत्सवलाई नमूनाका रुपमा स्थापित गर्न र बुटवलको चिनारी झल्कीने गरी कुसल व्यवस्थापन गर्न माग गर्नु भएको थियो । सहभागीहरुले दिएको सुझावलाई ध्यान दिदै खाना महोत्सवलाई यस क्षेत्रकै नमुना र मनमोहक बनाईने संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
सडक खाना महोत्सवलाई पर्यटनको विकास संगै जोडिएकाले सव्य र भव्य बनाईने महा सचिव माधव कुमार खनालले बताउनु भयो ।
खाना महोत्सवमा २ लाख दर्शकलाई अवलोकन गराई ३ करोडको कारोवार गर्ने लक्ष्य

≪ Previous Post

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

Next Post ≫

बुटवल औद्योगिक मेलाको आकर्षण : पानीबाट चल्ने गाडी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क