Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत
50
SHARES
ShareTweet

रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने



बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ ।
पूर्वराजा शाहले मंसिर १६ गते देखि देखि २२ गतेसम्म प्रदेश पाँचका रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लाका धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम रहेको सवारी ब्यवस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिनुभयो । पूर्व राजाको भ्रमण कार्यक्रम यस अघि नै सार्वजनिक गरिएको थियो ।


भ्रमण कार्यक्रम अनुसार पूर्व राजा शाहले मंसिर १६ गते सोमवार रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण तथा दर्शन गर्ने गर्ने कार्यक्रम तय भएको छ ।
सवारी व्यबस्थापन समितिका संयोजक सापकोटाका अनुसार १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगे स्थित पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।


संयोजक सापकोटाले पूर्वराजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताए पनि उहांको राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ ।

≪ Previous Post

नवलपरासीकी कल्पना साग खेलकुदमा दुई खेल खेल्दै

Next Post ≫

सडक खाना महोत्सव :गुणस्तर र सरसफाईमा ध्यान दिन जरुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क