Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0
उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु
60
SHARES
ShareTweet


बुटवल, १४ मंसिर । शनिवार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु भएको छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले बैतडीबाट जितको खाता खोलेको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गजेन्द्रबहदुर चन्द विजयी हुनु भएको छ ।
उहां नेकपाका धनबहादुर चन्दलाई ४ मतले पराजित गरी वडाध्यक्षमा विजयी हुनुभएको हो । विजयी गजेन्द्रले २१९ मत ल्याउनु भएको छ भने निकटतम प्रतिद्वन्दी नेकपाका धनबहादुरले २१५ मत ल्याउनु भएको छ ।
यस्तै सर्लाहीको हरिपूर्वा नगरपालिका १ मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी हुनुभएको छ । उहां ३४७ मत ल्याएर विजयी हुनुभएको हो भने उहांका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का उम्मेदवार रामविश्वास राय र नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार दोस मोहम्मद अंसारीले समान ३ सय २८ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी रोल्पा जिल्लाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपाका जनकबहादुर बुढामगर विजयी हुनुभएको छ ।
तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गएको असार ६ गते निधन भएपछि भएको उपनिर्वाचनमा नेकपाका बुढामगर १७४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनु भएको हो । कुल मतदाता १२८४ रहेको सो वडामा २०९ मत मात्र खसेको निर्वाचन आयोगले जनाएको छ । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र प्राप्त गर्नुभएको छ ।

≪ Previous Post

भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो

Next Post ≫

शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क