Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0
50
SHARES
ShareTweet


भैरहवा १४ मंसिर
भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ ।
नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वार बाट महोत्सव प्रवेश गर्ने दर्शकलाई भ्रमणको निम्ता दिइएको हो । प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई थोरै भएपनि सघाउने उद्देश्यले महोत्सव प्रवेश गर्ने दर्शकलाई लुम्बिनीको परिचय झल्कने ब्रोसर सहित निम्ता दिइएको कार्यक्रम संयोजक चेतन पन्तले बताउनु भयो ।
आफुले अमेरिका भ्रमणको क्रममा त्यहाँका विभिन्न स्थानमा लुम्बिनीको प्रचार प्रसार गर्दै लुम्बिनी भ्रमणको निम्ता दिए पश्चात आन्तरिक पर्यटकलाई पनि लुम्बिनी भ्रमणको निम्ता दिने उद्देश्यले महोत्सवमा करिब ५ सय निम्तो बाँडीएको पन्तले बताउनु भयो ।
यस पटकको महोत्सवमा पनि पर्यटन प्रबद्र्धनलाई प्राथमिकता दिइएको महोत्सव आयोजक संस्था उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनु भयो ।
भण्डारीका अनुसार महोत्सवमा पर्यटकीय जोनको रुपमा मायादेवी प्याविलियनको निर्माण गरिएको छ । उक्त प्याभिलियन भित्र बिचित्र गुफा, विश्व शान्ति स्तुपा, देवदह, माछापुच्छ्रे हिमाल, मुस्तांग हिमाल, पाकरी वृक्ष, रारा ताल, सगरमाथा, सुपा देउराली, रेसुंगा, रानीमहल, सौराह, स्वर्गद्वारी, अन्नपुर्ण बेस क्याम्प, मार्दि हिमालको सचित्र राखिएको छ ।
संस्था स्थापना कालदेखि पर्यटन प्रबद्र्धनका विभिन्न कार्यक्रमहरु गर्दै आएको लुम्बिनी प्रेस क्लबले यस महोत्सवमा पनि दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको क्लबका अध्यक्ष दिपेश पछाइले बताउनु भयो । कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष गिरिषचन्द्र त्रिपाठी, महासचिव अनिलकुमार ज्ञवाली, प्रेस क्लबका महासचिव सम्झना शर्मा, सचिव माधब न्यौपाने, सल्लाहकार कमल रायमाझी लगायतको सहभागिता थियो ।

≪ Previous Post

महोत्सवमा दर्शकको ओइरो आयोजक मक्ख

Next Post ≫

उपनिर्वाचनको मत परिणाम आउने क्रम शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क