Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महोत्सवमा दर्शकको ओइरो आयोजक मक्ख
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महोत्सवमा दर्शकको ओइरो आयोजक मक्ख

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0
महोत्सवमा दर्शकको ओइरो आयोजक मक्ख
50
SHARES
ShareTweet


भैरहवा १४ मंसिर ।
महोत्सव सकिनै लाग्दा भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा दर्शकको भिड बढेको छ ।
यही मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव सकिन अब २ दिनमात्र बाँकी हुँदा दर्शकको उत्साह र सहभागिताले आयोजक निकै सन्तुष्ट देखिएका छन् । महोत्सवमा शनिबार मात्र एकैदिन ४० हजार दर्शकले अवलोकन गरेको आयोजकले जनाएका छन । विगतका महोत्सव हरुमा शनिबार मात्र महोत्सवमा दर्शकको चाप बढ्ने गरेको अनुभव सुनाउँदै यस पटकको महोत्सवमा शनिबार दर्शक बढी हुनु स्वभाविक भएपनि अन्य दिनपनि दर्शकको उपस्थितिले आफुहरु सन्तुष्ट भएको मेला मुल आयोजक समिति संयोजक नारायण प्रसाद भण्डारीले बताउनु भयो । शनिबार मात्र महोत्सवमा २ करोडको कारोबार भएको संयोजक भण्डारीले बताउनु भयो ।
दर्शकको चाप बढी भएपछि आयोजकले दर्शकलाई सहजै टिकटको व्यवस्थापन गर्नको लागि नियमित टिकट काउण्टरको अलवा ५ वटा टेबल बाट टिकट उपलब्ध गराएर भिडको व्यवस्थापन गरिएको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले बताउनु भयो ।
दर्शक मात्र नभइ यस पटकको महोत्सवमा स्टलको पनि भैरहवाको इतिहासमा सबैभन्दा बढी सहभागिता रहेको स्टल संयोजक रामचन्द्र रेग्मीले बताउनु भयो । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा दर्शकहरुले महोत्सव स्थलमा निर्माण गरिएको मायाँदेवी मन्दिर र सो भित्र राखिएका विभिन्न पर्यटकीय स्थलहरु अत्यन्तै रुचाएका छन । साथै पशुपतिनाथ मन्दिर आकृतिको सचिवालय, सेल्फि जोन, मायाँदेवी मन्दिर आकृतिको प्रवेशद्वार लगायतमा सेल्फि लिनेको निकै भिड देखिएको थियो ।

≪ Previous Post

ग्यांस सिलण्डिरमा भएको सिण्डिकेटको अन्त गर्न व्यवसायीको माग

Next Post ≫

भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क