Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राजनीति ≫ राजपा एकल अध्यक्ष प्रणालीमा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजपा एकल अध्यक्ष प्रणालीमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
राजपा एकल अध्यक्ष प्रणालीमा
40
SHARES
ShareTweet

काठमाडौं : आगामी महाधिवेशनपछि राजपा एकल अध्यक्ष प्रणालीमा जाने निश्चित भएको छ । राजपाको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । राजपा अध्यक्षमण्डलको आइतबार काठमाडौंमा बसेको बैठकले पार्टीको विधान संशोधन गर्दै महाधिवेशनपछि अध्यक्षमण्डल भंग गरी एकल नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय लिएको हो । ‘बैठकले विधान संशोधन गरेको छ’, अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले जानकारी दिए, ‘राजपाको एकीकरणपछि २ वर्षभित्र गर्ने एकता महाधिवेशनको समय बढाएर ३ वर्ष पुर्‍याएको छ ।’

२ वर्षअघि तत्कालीन मधेसी मोर्चामा आबद्ध ६ दल एकीकरण गरेर राजपा गठन भएको थियो । एकीकरणपछि राजपाको नेतृत्व ६ सदस्यीय अध्यक्षमण्डलले गर्दै आएको छ । आइतबारको बैठकले विधान संशोधन गरेपछि राजपाले त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिएको छ । महासचिव केशव झाले आइतबार नै आयोगलाई निर्णय बुझाइएको बताए ।

यसअघि पटक पटक पार्टी विधान बनाउन समिति गठन हुँदा पार्टी एकल अध्यक्ष प्रणालीमा जाने कि अध्यक्षमण्डल प्रणालीमा जानेमा विवाद हुँदै आएको थियो । पछिल्लो पटक गत वैशाख दोस्रो साता बसेको राजपा पदाधिकारी बैठकले लक्ष्मणलाल कर्णको नेतृत्वमा फेरि विधान समिति बनाएको थियो । यस पटक कर्ण नेतृत्वको समितिले पार्टीको मूल नेतृत्व एकल अध्यक्ष प्रणालीमा जाने वा अध्यक्षमण्डल कायम राख्ने टुंग्याउन माग गरेका थिए । बैठकले यसको टुंगो लगाएपछि विधान समितिले एक÷दुई दिनमै पार्टीको महाधिवेशनमा पेस हुने नयाँ विधान तयार हुने जनाएका छन् ।

समिति सदस्यसमेत रहेका महासचिव झाले मंगलबारसम्म विधान समितिको अन्तिम बैठक बस्ने तयारी भइरहेको बताए । एकल अध्यक्ष प्रणालीमा जाने निर्णयपछि विधान समितिले पार्टीको केन्द्रीय समितिको पदाधिकारी मोडलसहित अन्य कुराको टुंगो लाग्नेछ । त्यसका साथै पार्टीका पदाधिकारीसहित अन्य समितिको समेत टुंगो नयाँ विधानले लगाउनेछ । गत वैशाखमै महाधिवेशन गर्ने घोषणा यसअघि गरे पनि राजपाले तयारी नपुगेको भन्दै आउँदो कात्तिक २८–३० को मिति तय गरेका थिए । बैठकले महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल तयारी समितिसमेत गठन गरेको छ ।

मंसिरदेखि नै महाधिवेशन लक्षित गरी पार्टीको सदस्यता वितरण अभियान चलाए पनि आन्तरिक विवादका कारण पटक पटक समय थपिँदै आएको छ । केन्द्रमा समेत अध्यक्षमण्डलभित्रै विवाद देखिएपछि पार्टी पछिल्लो समय अन्योलग्रस्त बन्न पुगेको थियो । मंसिरमा अध्यक्षमण्डलको बहुमतबाट महन्थ ठाकुरको एकल संयोजन विस्थापन गरी चक्रीय प्रणालीमा जाने निर्णय भएपछि राजपामा विवाद उब्जेको थियो । चक्रीय प्रणालीमा गएपछि राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारीले पार्टी संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । सोमबारदेखि राजपाको संयोजकको जिम्मा अनिल झाले लिने आइतबार राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

≪ Previous Post

'गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो'

Next Post ≫

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क