Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राजनीति ≫ मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिन्छ : मन्त्री बाँस्कोटा
90
SHARES
ShareTweet

काठमाडौं : सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्।

‘मिडिया काउन्सिल विधेयक अध्ययन गरेर नै ल्याइएको छ, तत्कालीन प्रेस चौतारीले उठाएका विषय समेटिएको छ। विधेयकको मस्यौदा पत्रकार महासंघका अध्यक्ष, संघ÷संगठनका अध्यक्ष पनि समेटिएको कार्यदलले नै बनाएको हो। त्यहीअनुसार आएको छ’, उनले भने, ‘दण्ड जरिवानाको विषयमा सच्याएर जान सकिन्छ, तपाईंहरूको सुझाव पाऊँ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, स्थायी समिति सदस्यहरू पम्फा भुषाल र योगेश भट्टराईसमेत उपस्थित कार्यक्रममा नेकपानिकट प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, चौतारीका पूर्वअध्यक्षहरू शम्भु श्रेष्ठ, प्रमोद दाहाल, गगन विष्टलगायत उपस्थिति थियो।

छलफलपछि अब संगठनकातर्फबाट मन्त्री बाँस्कोटालाई विधेयक परिमार्जनका लागि ज्ञापनपत्र बुझाउने र त्यही आधारमा नेकपा सांसदद्वारा प्रस्ताव लगी संशोधन गर्ने विषयमा छलफल भएको सहभागी एक पत्रकारले बताए। पत्रकार महासंघले विधयेकका विषयमा नियतवश मिडिया मिसन बोलाउनेलगायत योजना बनाएकोमा भने छलफलमा आलोचना भएको थियो।

‘२२ गते पत्रकार महासंघले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने निर्णय गर्नुभएको छ, २६ गते मात्र विधेयक राष्ट्रियसभामा दर्ता भएको छ। विधेयक आउनुअघि नै महासंघले अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउन खोज्नुमा कुनै नियत लुकेको देखिन्छ,’ सहभागी एक पत्रकारले छलफलको निष्कर्ष सुनाउँदै भने, ‘अहिले मिडिया मिसन बोलाउने बेला होइन। आपसी छलफलकै आधारमा केही विषय संशोधन गर्न सकिन्छ।’

नेता नेम्बाङले विधेयक आफूले पनि दर्ताअघि अध्ययन गर्न नपाएको भन्दै दण्ड जरिवानालगायत विषयमा संशोधन गरेर जानुपर्ने धारणा राखेका थिए।

≪ Previous Post

राजपा एकल अध्यक्ष प्रणालीमा

Next Post ≫

राजश्व चुहावट विधेयक संसद्मा पेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क