Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राजनीति ≫ ‘गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो’
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो’

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
‘गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो’
70
SHARES
ShareTweet

काठमाडौं : प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बत सम्बन्धी सम्मेलनमा पठाएको भन्दै दुःख व्यक्त गरेका छन्। सांसदद्वयले विज्ञप्ति जारी गर्दै व्यक्तिगत हैसियतमा टर्की, स्वीजरल्याण्ड र लात्भियाको भ्रमणमा गएका बेला लात्भियाको राजधानी रिगामा सांसदहरूकाे अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने सूचनाका कारणले आफूहरू सम्मेलनमा सहभागी हुन पुगेकाे बताएका हुन्।

गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो। आफूहरुले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीलाई सांसद मियाँले बताए।

‘जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौं’,सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरुले बताएका छन्। प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।रासस

≪ Previous Post

देशैभर ‘नेपाली कांग्रेस मेला’ हुने

Next Post ≫

राजपा एकल अध्यक्ष प्रणालीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क