Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ दुई लाख नगदको रोटरी सेवा पदक साधना महिला बिद्यालय बुटवललाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुई लाख नगदको रोटरी सेवा पदक साधना महिला बिद्यालय बुटवललाई

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
दुई लाख नगदको रोटरी सेवा पदक साधना महिला बिद्यालय बुटवललाई
100
SHARES
ShareTweet

बुटवल, १३ मंसिर
रोटरी क्लव अफ बुटवलले ‘रोटरी पदक–२०१९’ ‘साधना महिला बिद्यालय’ बुटवललाई प्रदान गर्ने निर्णय गरेको छ ।
पदक छनौट समितिले छनौट गरि गरेको सिफारिसका आधारमा नारी उत्थान र लैंङ्गिक समानताको क्षेत्रमा काम गरेको बुटवल ६ मा रहेको साधना महिला बिद्यालयलाई क्लवले पदक सहित २ लाख राशीको नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको क्लवका अध्यक्ष दिल्लीकुमार श्रेष्ठले जानकारी गराउनु भयो । क्लवद्धारा शुक्रवारपत्रकार सम्मेलन गरि विसं २०६३ साल बैशाख १८ गते बुटवल उपमहानगरपालिका वडा नं. ६ मा स्थापना भएको साधना महिला बिद्यालयले नारी उत्थान र महिला समानताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रोटरी सेवा पदक–२०१९ बाट सम्मान गर्न लागिएको जनाएको होे ।
बिद्यालयको स्थापनाकालदेखि हालसम्म १० देखि ७० वर्ष उमेरका २ हजार बढी बालबालिका तथा महिलाले पढ्ने अवसर प्राप्त गरेका छन् भने ६७ जना प्रौढ महिलाले एसएलसी÷एसईई हासिल गरेको बताईएको छ ।
‘शिक्षालाई उमेरले छेक्दैन, अधुरो शिक्षालाई पुरा गरौं’ भन्ने उद्देश्यका साथ सामान्य बिद्यालयहरुमा जान नसक्ने महिलाहरुलाई समाजसेवी, शिक्षाप्रेमीहरुसंग सहयोग जुटाएर भएपनि शिक्षा प्रदान गरि शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गरेकाले छनौट गरिएको क्लवले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । उक्त पुरस्कार यहि मंसिर १५ गते क्लवको स्थापना दिवस डिसेम्बर १ मा प्रदान गरिने भएको छ ।
क्लवले स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, सीप बिकास सचेतना कार्यक्रम, सामुदायिक परियोजनाको बिकास एवं कार्यान्वयन लगायतका सामाजिक काम गर्दै आएको छ । सेवा, बिकास, शान्ति र समृद्धिको क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा समुदायलाई सघाएर योगदान गरेका व्यक्ति तथा संघसंस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले स्थायी अक्षयकोष स्थापना गरि शिक्षा, स्वास्थ्य सरसफाई र सामुदायिक काम गरेका, सीप सिर्जना र बिकास, गरिबी निवाहरण, जनउपयोगी खोज र नारी उत्थान र लैंगिक समानताका ५ विधामा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रत्येक २ वर्षमा एक विधामा सम्मान प्रदान गर्ने गरि क्लवले कार्ययोजना बनाएको पुर्व अध्यक्ष नारायण प्रसाद पन्थले बताउनु भयो ।
त्यसकालागि क्लवले १७ लाख ५० हजार राशीको अक्षयकोष स्थापना गरेको क्लवका मनिटर निर्मल प्रसाद लाकौलले बताउनु भयो । प्रत्येक २ वर्षमा क्लवको स्थापना दिवसमा प्रदान गरिने उक्त पदकबाट यस अंगाडी शिक्षा क्षेत्रबाट सुवर्णकुमारी श्रेष्ठ र जनउपयोगी खोज विषयमा महाबिर पुनलाई सम्मान गरिसकिएको छ ।
यस बाहेक क्लवले गरिव तथा जेहेन्दार छात्र–छात्रा, उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ भने सामुदायिक सेवा केन्द्रमा समुदायको आर्थिक सवलीकरणका लागि परियोजनाहरु सञ्चालन गर्दै आएको क्वले जनाएको छ ।
स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्दै आएको क्वले हालसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन जेनेरेसन प्लान्ट, शंकरनगर स्थित बनबाटिकामा बालरेल सञ्चालन, बुटवलको मुटु अस्पतालमा क्याथल्याव सेवा प्रदान गरेको छ भने रगतको अभाव हुन नदिनकालागि अत्याधुनिक कलेक्सन भ्यानको लागि ग्लोवल ग्राण्ड अप्लाई भएको तथा शंकरनगर बनबाटिकामा ई–लाईवेरी तथा साईन्स थिएटर स्थापनाकालागि प्रारम्भिक अध्ययन गरि ग्लोवल पाटनरकालागि आह्वान गरिएको क्लवका सचिव रोमलाल शर्माले बताउनु भयोे

≪ Previous Post

समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने : मन्त्री गिरी

Next Post ≫

क्यानका अध्यक्ष कुँवरलाई बुटवलमा सम्मान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क