Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ क्यानका अध्यक्ष कुँवरलाई बुटवलमा सम्मान
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

क्यानका अध्यक्ष कुँवरलाई बुटवलमा सम्मान

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
क्यानका अध्यक्ष कुँवरलाई बुटवलमा सम्मान
50
SHARES
ShareTweet


बुटवल, १३ मंसिर
बुटवलवाट प्रकाशित हुने दैनिक पत्र तथा जनसंघर्ष राष्ट्रिय दैनिकले बुटवलमा क्यान महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष नवराज कँुवरलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान गरेको छ ।
रुपन्देहीबाट प्रतिनिधित्व गर्दै क्यान महासंघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनु भएका बुटवल टुडे राष्टिय दैनिकका प्रबन्ध सञ्चालक तथा प्रबन्ध सम्पादक कुँवरलाई बधाई तथा सम्मान गरिएको हो ।
दैनिक पत्र तथा जनसंघर्षका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईंले नवनिर्वाचित अध्यक्ष कँुवरलाई बधाई तथा सम्मान गर्नु भयो । उहाँको कार्यकाल निकै सफल र सिर्जनशील हुनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
त्यसैगरी मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा जनसंघर्ष राष्ट्रिय दैनिकका नागरिक सल्लाहकार गोविन्द खनालले बधाई तथा शुभकामना व्यक्त गर्दै कँुवरको आगमनले सूचना प्रविधिमा थप फड्को मार्न सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा दैनिक पत्रका सल्लाहकार अनुपमान सैंजुले बधाई तथा शुभकामना व्यक्त गर्दै केन्द्रबाट मात्र केन्द्रीय अध्यक्ष नभई पछिल्लो समय रुपन्देहीबाट अध्यक्ष बन्नेहरुको लहर चलेकोमा खुसी व्यक्त गर्नुभयो ।
क्यान महासंघका नवनिर्वाचित केन्द्रीय अध्यक्ष नवराज कँुवरले आफुलाई जिताउन रुपन्देहीबाट ठूलो सहयोग प्राप्त भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
उहाँले उपत्यका बाहिरको मिडिया क्षेत्रलाई अगाडि बढाउन सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले आफ्नो कार्यकालमा यस क्षेत्रलाई अगाडि बढाउन यथासम्भव भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै आई एस.ओ.नेपाल सर्टिफिकेशनका कन्ट्री म्यानेजर तथा क्यान महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य धु्रवराज शर्मा (सुदीप)ले दैनिक पत्र तथा जनसंघर्षले गरेको सम्मानको ंप्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा दैनिक पत्र तथा जनसंघर्ष राष्टिय दैनिकका व्यवस्थापक मञ्जु पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बुटवल टुडेका सम्पादक कृष्ण मल्ल, दैनिक पत्र तथा जनसंघर्ष दैनिकका लेखा प्रमुख उषा पौडेल, बजार अधिकृत कृष्ण रणपाल, संवाददाता प्रदीप आचार्यलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन दैनिक पत्र तथा जनसंघर्षका प्रबन्ध सल्लाहकार टिकाराम शर्मा पौडेलले गर्नु भएको थियो ।

≪ Previous Post

दुई लाख नगदको रोटरी सेवा पदक साधना महिला बिद्यालय बुटवललाई

Next Post ≫

रारा कृषि सहकारीमा ७१ पोका रगत संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क