Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बस दुर्घटनामा मृत्यु भएका १९ कै सनाखत, मुख्य मन्त्रीद्धारा शोक ब्यक्त
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बस दुर्घटनामा मृत्यु भएका १९ कै सनाखत, मुख्य मन्त्रीद्धारा शोक ब्यक्त

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७६ · 0
बस दुर्घटनामा मृत्यु भएका १९ कै सनाखत, मुख्य मन्त्रीद्धारा शोक ब्यक्त
110
SHARES
ShareTweet

वुटवल १२ मंसिर
बुधवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बस दुर्घटनामा ज्यान गुमाएका सवै १९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारी अनुसार सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस दुर्घटनामा परि मृत्यु हुनेहरुमा कपिलवस्तु बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा, सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका २ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत रहेका छन् ।
यसैगरि कपिलवस्तुको वाणगंगा नगरपालिका ७ बनगाई बस्ने ३ महिनाको बालक शोभाखर पोखेरल, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ बस्ने सिता कुमारी नेपाली, भुनपा ९ कि ५० वर्षीय सिता घिमिरे, भुनपा ९ कि ५० वर्षीय बिष्णु माया गैरे, भुनपा ७ का ५१ वर्षीय मेघनाथ भण्डारी, शितगंगा नगरपालिका १ बस्ने १५ वर्षीय मन्जु बिक, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ८ का ४२ वर्षीय कृष्ण बहादुर सुनार, शितगंगा नगरपालिका ७ कल्लेरी बस्ने ४८ वर्षीय लोक बहादुर दर्जी, सोहि ठाउँका ५५ वर्षीय हरि बहादुर दर्जी रहेका छन् ।
त्यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का, भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत रहेका प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १८ जना घाईते भएकामा १ जना सामान्य १जना उपचारपछि घर फिता १ जना काठमाण्डौ रिफर ८ जनाको भैरहवा मेडिकल कलेजमा र ७ जनाको चौहारा अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । यसैबीच अर्घाखाँचीको सन्धिखर्कमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ् । बिहिबार शोक विज्ञप्ति जारी गदै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । साथै, घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ । उहाँले सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेको उल्लेख गर्नु भएको छ । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवृतिले पनि दुर्घटनाको जोखिम बढेको र दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको जनाउनु भएको छ ।

≪ Previous Post

अर्घाखाँची बस दुर्घटना अपडेट १९ को मृत्यु ः १० जनाको सनाखत

Next Post ≫

युवाहरु ब्यवसायिक पंक्षी पालनमा आकर्षित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क