कल्पना डुम्रे
बुटवल,१० मंसिर
लियो क्लव अफ बुटवल खस्यौली युथले पाल्पाको रैनादेवी जुठापौवामा पुगेर बिद्यार्थीलाइ न्यानो माया बितरण गरेको छ । रुपन्देहीमा क्रियाशील क्लवले पाल्पा रैनादेबी छहरा वडा न ६ (जुठापौवा—४) मा रहेको कुवारी आधारभुत बिद्यालयका गरिब बिपन्न बिद्यार्थीलाइ स्वीटर बितरण गरेको हो । एक कार्यक्रमको आयोजना गरि सो बिद्यालयमा अध्ययनरत ६५ जना बिद्यार्थीलाई न्यानोमाया स्वरुप जाडोमा लगाउने स्वीटर बितरण गरिएको क्लवका सचिब कल्पना डुम्रेले बताउनुभयो । स्वीटर पाएपछि सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु निकै खुसी भएका थिए । कुवारी आधारभुत बिद्यालयमा हाल १ सय ८० बिद्यार्थी अध्ययनरत छन् ।
क्लवका अध्यक्ष राजिबजंग कुवरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष फानबहादुर बिश्वकर्मा , बिद्यालयका प्रधानाध्यापक लालबहादुर बटाला ,सहप्रधानाध्यापक ऋषिराज भुसाल,क्लवका प्रथम उपाध्यक्ष होमनाथ सापकोटा,कार्यक्रम संयोजक तथा क्लवका कार्यसमिति सदस्य केशब खनाल लगायतले बोल्दै क्लवले सामाजिक काम गर्दै आएको र यसलाइ निरन्तरता दिने उल्लेख गरेका थिए ।सो कार्यक्रमको संचालन क्लवका सचिब सचिब कल्पना डुम्रेले गर्नुभएको थियो ।
क्लवले रक्तदान,सरसफाइ,बृक्षारोपण,देउसी भैलो खेलेर असहायलाइ सहयोग,न्यानो कपडा बितरण,स्वास्थ्य शिबिर लगायतका सामाजिक काम गर्दै आइरहेको जनाएको छ । कक्षा ८ सम्म पठनपाठन हुने उक्त बिद्यालय निकै जटिल अबस्थामा संचालन भैरहेको छ । बिस २०५९ सालमा स्थापना भएको सो बिद्यालयमा ४ जनाको सरकारी दरबन्दी रहेपनि राहत,बालशिक्षा,नीजि गरि १० जना शिक्षक—कर्मचारी कार्यरत रहेका छन् ।