Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल देबीनगरमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल देबीनगरमा

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0
औद्योगिक व्यापार मेलाको सचिवालय बुटवल देबीनगरमा
60
SHARES
ShareTweet


बुटवल, ९ मंसिर । बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ अन्तरगत मेला सचिवालय मेला स्थलमा सारेको छ । मेला तयारीका कामहरु संघको सचिवालयबाट हुँदै आएकोमा तयारीलाई थप प्रभावकारी र मेला स्थलको ब्यवस्थापनका लागि सचिवालय मेला स्थल बुटवल ११ देवीनगरमा सारिएको हो ।
अहिले सम्म संघको सचिवालयबाट हुदै आएका मेला सम्वन्धि सबै कार्यहरु अब मेला स्थलमा सारिएको सचिवालयबाट हुने संघले जनाएको छ ।
संघले आगामी पुस ९ गते देखि २३ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ २० औं संस्करणको औद्योगिक व्यापार मेला –२०७६ आयोजना गरेको छ ।
बुटवल देबीनगरमा पहिलो पटक मेला आयोजना गर्न लागिएकोले मेला स्थलको प्रचार प्रसार र ठाउंको ब्यवस्थापनमा संघले आफ्नो ध्यान केन्द्रित गरेको छ । सबै संरचनाहरु श्ुरुवाती चरणबाटै गर्नु पर्ने भएकाले मेलाको तयारी एक महिना अघिबाटै थालिएको छ ।
अहिले मेला स्थलमा स्टल निर्माण, स्टल दर्ता तथा अन्य पूर्वाधार निर्माणको काम तिब्र रुपमा भईरहेको प्रचार प्रसार उपसमितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका सदस्य मुक्ति अधिकारीले जानकारी दिनुभयो । ठाउँ नयाँ भएकाले प्रचार प्रसार र तयारीका कामलाइ थप प्रभावकारी ढंगले अगाडी बढाईएको प्रचार संयोजक अधिकारीले बताउनु भयो ।
मेला सञ्चालन गर्नकालागि गठित अन्य उपसमितिलेहरुले पनि आफ्नो समितिलाई पूर्णता दिदै विषयगत कार्यमा जुटिरहेका छन् । यस अंगाडीका वर्षहरुमा मेला सञ्चालन हुँदै आएको बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले संघले नयाँ स्थान बुटवल देवीनगरमा मेला गर्ने तयारी गरेको हो ।
मेला सञ्चालनकालागि सरकारी तथा अन्य संघसंस्थाहरुसंग समन्वय गर्ने तथा मेलालाई नयाँ ढंगबाट कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा परामर्श लिने र सोही अनुसारका कामहरु अगाडी बढिरहेको संघका अध्यक्ष तथा मेला व्यबस्थापन मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी गराउनु भयो ।
काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक २०४१ सालमा बुटवल उद्योग वाणिज्य संघले बुटवलमा मेलाको आयोजना गरेको थियो । त्यस पछि संघले निरन्तर रुपमा ब्यवस्थितरुपमा औद्योगिक ब्यापार मेलाको आयोजना गर्दै आईरहेको छ । त्यसबाहेक बिशिष्टिकृत रुपमा संघ तथा संघ मातहतका बस्तुगत समितिहरुले कृषि मेला, जुत्ता तथा मोवाईललगायतका मेला सञ्चालन गर्दै आएका छन् ।
उद्योगबाट उत्पादित वस्तुहरुलाई प्रत्यक्ष रुपमा उपभोक्ताको बिचमा लैजानकालागि यस्ता मेला महोत्सवले पुलको काम गर्दै आएका छन् ।

≪ Previous Post

अन्तरकलेज क्रिकेट : काशी नोबल र होराइजन विजयी

Next Post ≫

लियो क्लव अफ बुटवल खस्यौलीद्धारा ६५ बिद्यार्थीलाइ स्वीटर बितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क