Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0
रोहिणी गाउँपालिकामा किसानलाई अनुदानमा गँहुको बिउ
60
SHARES
ShareTweet


धकधई, ९ मंसिर । रुपन्देहीको रोहिणी गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालयले स्थानीय कृषकलाई अनुदानमा गँहुको बिउ बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखा मार्फत गाउँपालिका भित्रका कृषकलाई बिउ बितरण गरिएको हो ।
गाउँपालिकाको ५० प्रतिशत अनुदानमा एनएल ९७१, आदित्य र भृकुटी लगायत उन्नत जातका गहुँका बिउहरु किसानलाई बितरण गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिनुभयो । गाउँपालिकाबाट १० लाख बजेट बिनियोजन गरि र १० लाख कृषकहरुबाट लिएर २० लाख बराबरको ७ सय ५० बोरा गँहुको बिउ बितरण गरिएको अध्यक्ष यादवले बताउनु भयो ।
अघिल्लो बर्ष पनि सोही परिमाणमा बिउ बितरण गरेको कार्यालयले आगामी बर्ष देखि बजेट बढाएर बढी बिउ बितरण गर्ने योजना बनाएको अध्यक्ष यादवले बताउनु भयो । यो बिउ प्रयाप्त छैन तर कृषकलाई थोरै भए पनि राहत दिने उद्देश्यले बितरण गरेका छौं अध्यक्ष यादवले भन्नुभयो –“आगामी बर्ष देखि बजेट बढाएर अलि धेरै बितरण गर्ने छौं ।”
गाउँपालिकाको कार्यालयले गँहुको बिउ मात्र नभई बरसिन, च्याउ लगायतको बिउ पनि मौषम अनुसार बितरण गर्ने गरेको छ । कृषि शाखाले दिएको जानकारी अनुसार कृषकहरुलाई बिउ बिजन मात्र नभई समय समयमा आधुनिक कृषि, बेमौषमी तरकारी खेती लगायतका बारेमा तालिम समेत प्रदान गरिदै आएको छ ।

≪ Previous Post

जागृती टोल विकास संस्थाले दियो आश्रमलाई खाद्यान्न

Next Post ≫

रोट्रयाक्टको आयोजनामा अन्तर मा.वि टेवलटेनिस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क