Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम

संसारपोस्ट संवाददाता · ९ मंसिर २०७६ · 0
तिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम
70
SHARES
ShareTweet

तिलोत्तमा, ९ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती महिला तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४ औं बैठकले स्वास्थ्य संस्थामार्फत् क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म महिलाले दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवती महिलालाई क्याल्सियम नियमित खान सिफारिस गरे पनि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क नपाइँदा किनेर खानुपर्ने बाध्यता छ ।
नगरपालिकाको यो निर्णयसँगै अब तिलोत्तमाका सबै गर्भवती महिलाले आइरन चक्कीसँगै क्याल्सियम पनि निःशुल्क प्राप्त गर्नेछन् । शिशुको हड्डी तथा मानसिक विकासको लागि क्याल्सियम आवश्यक पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । आमाको गर्भबाटै बच्चाले आवश्यक पोषक तत्व पाउन सकुन् भन्ने उद्देश्यले गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क प्रदान गर्ने निर्णय गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।
नगतिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम

नगर प्रमुख घिमिरेले कार्यपालिकाबाट यस विषयमा नीतिगत निर्णय भएको बताउनु भयो । यो निर्णय संगै आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्याल्सियम पाउने बताउदै नगर प्रमुख घिमिरेले यस क्षेत्रमै संभवत तिलोत्तमा नगरपालिकाले पहिलो पटक क्याल्सियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।
तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् ।
नगर उप–प्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनैपनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
मणिग्राम स्थित क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्याल्सियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताउनुभयो । उहांले हाम्रोजस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्याल्सियम अनिवार्य हुने र यसले आमा र बच्चा दुवैलाई राम्रो गराउने बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने योजनाअनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वटा वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने नगरपालिकाले जनाएको छ ।
र प्रमुख घिमिरेले कार्यपालिकाबाट यस विषयमा नीतिगत निर्णय भएको बताउनु भयो । यो निर्णय संगै आवश्यक प्रक्रियापछि सबै गर्भवती महिलाले नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत् निःशुल्क क्याल्सियम पाउने बताउदै नगर प्रमुख घिमिरेले यस क्षेत्रमै संभवत तिलोत्तमा नगरपालिकाले पहिलो पटक क्याल्सियम निःशुल्क वितरण गर्ने निर्णय गरेको हो ।
तिलोत्तमा नगरपालिकाका दश वटा सरकारी स्वास्थ्य संस्थामार्फत् वार्षिक तीन हजार बढी महिलाहरुले सुरक्षित मातृत्व सेवा लिने गरेका छन् ।
नगर उप–प्रमुख जागेश्वरी चौधरीले आमाको गर्भमा रहेका कुनैपनि शिशु पोषकतत्वको अभावबाट प्रभावित हुन नपरोस् भनेर क्याल्सियम प्रदान गर्ने कार्यक्रम अघि बढाइएको बताउनुभयो ।
मणिग्राम स्थित क्रिमसन अस्पतालमा कार्यरत स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रुक्सना हकले क्याल्सियमले गर्भवती महिलामा ढाड दुख्ने, हड्डी खिइने जस्ता समस्यालाई पनि कम गर्ने बताउनुभयो । उहांले हाम्रोजस्तो मुलुकमा पोषणमा सुधार ल्याउन गर्भवती महिलाका लागि क्याल्सियम अनिवार्य हुने र यसले आमा र बच्चा दुवैलाई राम्रो गराउने बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाले नेपाल सरकारको आमा सुरक्षा कार्यक्रममा पाइने सेवा–सुविधाको अतिरिक्त बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई पाँच सय रुपैंयाँ प्रोत्साहन भत्ता समेत उपलब्ध गराउँदै आएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो । तिलोत्तमामा सेमरा बजार र आनन्दवन स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर छ । सबै वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पु¥याउने योजनाअनुरुप चालु आर्थिक वर्षमा तिलोत्तमामा थप ५ वटा वडामा शहरी स्वास्थ्य केन्द्र निर्माण हुने नगरपालिकाले जनाएको छ ।

≪ Previous Post

भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु

Next Post ≫

जागृती टोल विकास संस्थाले दियो आश्रमलाई खाद्यान्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क