Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७६ · 0
भैरहवामा जारी औद्योगिक व्यापार तथा कृषि महोत्सवमा कुस्ती शुरु
90
SHARES
ShareTweet

नेपाल भारतका कुस्ती वाजको विजयी शुरुवात



भैरहवा, ८ मंसिर । रुपन्देहीको भैरहवामा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा आइतबार देखि कुस्ती प्रतियोगिता शुरु भएको छ । कुस्तीको शुरुवात संगै कुस्ती हेर्न दर्शकको भिड बढेको छ ।
विषेश गरी तराइ क्षेत्रमा बढी रुचाइएको उक्त खेलको अवलोकन गर्नको लागि रुपन्देहीको मर्चवार, लुम्बिनी, धकधई, नवलपरासी, कपिलवस्तु लगायत छिमेकी देश भारत सम्मबाट दर्शकहरु महोत्सवमा आएको मेला मुल आयोजक समितिका सह संयोजक तथा खेलकुद तथा स्वयमसेवक व्यवस्थापन उपसमिति संयोजक दर्पण श्रेष्ठले जानकारी दिनुभयो ।
तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा भारत बाट १४ जना पुरुष र ३ जना महिला कुस्तीवाज सहभागि भएका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा नेपालका बिभिन्न स्थानबाट ९ जना पुरुष खेलाडी समेत सहभागि भएका छन् ।
प्रतियोगिता अन्तर्गत आइतबार ८ खेल भएका छन् । जसमा नेपाल र भारत बीच दुइ खेल भएकोमा दुबै खेलमा नेपाली खेलाडी विजयी भएका छन् । रुपन्देही मानपकडीका खेलाडी लक्की थापा र मझौलीका अखलेश यादव बीच भएको प्रतियोगितामा लक्की थापा विजयी भएका छन् । त्यस्तै दोस्रो खेलमा भारतका राजेश पहलमान र नेपालका रणजीत थापा बीच भएको प्रतियोगितामा पनि नेपालका थापा विजयी भएका छन् ।

त्यस्तै भारतका चाँद पहलमान र राकेश पहलमान बीच भएको प्रतियोगितामा राकेश विजयी भएका छन् । अर्को खेलमा नेपालका जोगेन्द्र यादवले भारतका अशोक पहलमान लाई पराजित गरेका छन् । भारतका गुड्डु पहलमान र पप्पु पहलमान बीच भएको खेलमा गुड्डु विजयी भएभने भारतका गोविन्द र मानसिंह बीच भएको प्रतियोगिता भने बराबरीमा रोकिएको छ । त्यस्तै भारतका सम्नी र सोनु पहलमान बीच भएको खेलपनि बराबरीमै रोकिएको छ भने भारतकै सबली र सेरु पहलमान बीचको खेलमा सवलीले जित हात पारेका छन् ।
मंगलबार सम्म चल्ने उक्त प्रतियोगिता अन्तर्गत सोमबार ११ प्रतिस्पर्धा हुने छ ।
उद्योग व्यापार संगठन रुपन्देही र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको आयोजनामा भैरहवाको अञ्चलपुरमा संचालन भइरहेको महोत्सवमा विभिन्न खेल लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले पनि दर्शकको ध्यान केन्द्रित गरेको छ । आइतबार राष्ट्रिय लोक तथा दोहारी गायिका कृष्णा गुरुङ, गायक अर्जुन कौशल लगायतले दर्शकलाई मनोरन्जन गराएका थिए ।
उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा २५ करोडको आर्थिक कारोवार तथा ३ लाख दर्शकलाइ अवलोकन गराइने लक्ष छ ।

≪ Previous Post

एम्स कलेजमा युवा र योगा कार्यशाला

Next Post ≫

तिलोत्तमा नगर क्षेत्रका गर्भवती महिलालाई निःशुल्क क्याल्सियम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क