बुटवल, ८ मंसिर । बुटवल राजमार्ग चौराहामा अवस्थित एम्स कलेजमा युवा र योगा विषयक कार्यशाला सम्पन्न भएको छ ।
विद्यार्थीहरुको अध्ययनमा एकाग्रता, सकारात्मक सोचको विकाश एवं सिर्जनशिलता उजागर गर्दै विद्यार्थीहरुको सफल र खुशी जीवनका लागि आर्ट अफ लिभिङ्गको सहकार्यमा युवा र योगा विषयमा कार्यशाला आयोजना गरिएको हो ।

व्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत २५० जना विद्यार्थी र प्राध्यापकहरुको सहभागीता रहेको योगा कार्यशालामा आर्ट अफ लिभिङ्गका प्रशिक्षक पवन नेपालले सफल जीवनका रहस्य, मनको केन्द्रिकरण, आहार व्यवस्थापन, सकारात्मक सोचको विकास, सिर्जनशिलता लगायत विषयमा प्रणायाम र योगाको अभ्यास सहित अभिमुखिकरण गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमको अध्यक्षता गर्नुभएका क्याम्पस प्रमुख दीपक ढकालले अहिलेको परिवर्तित समयमा समयमा युवाको मन र व्यवहार विचलित हुदा सोचेको उद्देस्य प्राप्त हुन नसकिरहेको अवस्थामा युवाहरुमा संस्कार र योग अति आवश्यक रहेको बताउनु भयो ।
सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठको संचालन र कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतित्यथामा कार्यक्रम भएको थियो ।
मंसिर ९ गते सोमबार देखि ६० जना युवा विद्यार्थीहरु योग अभ्यासमा सहभागि हुने कलेज प्रशासनले जानकारी गराएको छ ।
