Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पुष्प सहकारीको २० औं साधारणसभा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पुष्प सहकारीको २० औं साधारणसभा

संसारपोस्ट संवाददाता · ८ मंसिर २०७६ · 0
पुष्प सहकारीको २० औं साधारणसभा
50
SHARES
ShareTweet


बुटवल, ८ मंसिर । बुटवल–७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा असल कारोबारी, एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा असल कारोबारीतर्फ नुमकला पंगेनी, होमबहादुर बोहरा, जेष्ठ नागरिकतर्फ दिब्बीकुमारी बसेल, चुडामणि खनाल, उत्कृष्ट विद्यार्थीतर्फ करिष्मा पोखरेल, अरुण क्षेत्री र अभिनभ न्यौपानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख सुवेदीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै यसमा नगरपालिकाले पनि सहकार्य गर्न सक्ने बताउनुभयो ।
सो अवसरमा समाजसेवी देवेन्द्र घिमिरे, जिल्ला सहकारी संघकी सचिव टिका न्यौपाने, कोषाध्यक्ष सन्दिप सापकोटा, वडाध्यक्ष कमलप्रताप थापा, मेचीकाली सहकारीका बालाराम भट्टराई, मिनप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो ।
सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले कोषाध्यक्ष विष्णु केसीले आर्थिक तथा लेखा समिति संयोजक गुरुदत्त पौडेलले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ । ४२२ जना महिलासहित कुल ७४३ जना सेयर सदस्य रहेको पुष्प सहकारीको हाल शेयरपूँजी १ करोड १६ लाख ९१ हजार रुपैंयाँ छ भने कर्जा लगानी ९ करोड ९ लाख ५८ हजार पुगेको छ । यस्तै बचत ८ करोड २८ लाख ८९ हजार रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा ७ लाख २१ हजार मुनाफा गर्न सफल भएको छ ।

≪ Previous Post

विप्लव नेतृत्वको नेकपाका विद्यार्थीहरुको जुलुस माथि प्रहरी हस्तक्षेप

Next Post ≫

एम्स कलेजमा युवा र योगा कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क