बुटवल, ७ मंसिर । ग्लोरियस कलेज तथा माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।
विद्यालयमा एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरुलाई सम्मान सहित स्वागत गरिएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका न्यायिक समिति सदस्य तथा वडा नं ९ का वडा सदस्य शिव अधिकारीले विद्यालयमा अध्ययनसंगै विद्यार्थीहरुमा सामाजिक संस्कारको विकास जरुरी रहेको बताउनुभयो ।
राष्ट्रिय परिक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले भौतिक पुर्वाधारसंगै आफ्ना बालबालिकाको सिकाई उपलब्धिलाई अभिभावकहरुले मुल्याँकन गर्नुपर्ने बताउनु भयो ।
कक्षा १२ का विद्यार्थी चन्द्रदेव गुप्ताले अध्ययनसंगै ब्यवहारिक जीवनमा सफलता मिल्ने गरी सिकाई जरूरी हुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका शिव पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डे, संस्थापकहरु तिल बहादुर थापा, अर्जुन प्रसाद सापकोटा, थम बहादुर पुन, पवन पोखरेललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य पुष्प कुमार घिमिरेले विद्यालयका नयाँ र पुराना विद्यार्थीहरुलाई घुलमिल गराउने संस्कृतिका रुपमा कार्यक्रम विकास भएको बताउनु भयो ।