Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न
50
SHARES
ShareTweet


बुटवल, ७ मंसिर । बिभिन्न उमेर समूहका खेलाडी उत्पादन गर्ने लक्षसहित रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा संचालित जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
स्व. मिनप्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र निशा चापागाईको स्मृतिमा आयोजना गरिएको तेस्रो जिल्ला स्तरिय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ को ८ बर्ष उमेर समूहमा निश्चल ज्ञवाली प्रथम भएका छन् । उनले विप्लव रजालीलाई फाईनलमा १०–६, १०–६ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । विप्लव दोस्रो भए । खेलमा सहनवाज हुसैन र संघर्ष फौजदार तेस्रो स्थान हासिल गरे ।
१० बर्ष उमेर समूहमा वृजेश अर्याल प्रथम भए । उनले ओसम थापालाई ४–१, ४–२ को सेटले पराजित गरी प्रथम भएका हुन् । खेलमा योगेश ज्ञवाली तेस्रो भए ।
१२ बर्ष उमेर समूहमा दिपेश ज्ञवाली प्रथम भए । उनले फाईनलमा साहिल थापालाई ४–२, ४–२ को सेटले पराजित गरेका हुन् । खेलमा अजय पौडेल र विकास पाण्डे तेस्रो भए ।
यसैगरि १४ बर्ष उमेर समूहमा रोहित राना मगर प्रथम भएका छन् । उनले फाईनलमा रितेश ज्ञवालीलाई ४–२, ४–२ को सेटले पराजित गर्दै प्रथम भएका हुन् । खेलमा निखिल भट्टराई र निराजन भट्टराई तेस्रो भए ।
यसैगरि छात्रातर्फको १८ बर्ष उमेर समूहमा सलिना गौचन प्रथम भएकि छन् । उनले फाईनलमा पुजा अर्याललाई ४–२, ४–१ को सेटले पराजित गर्दै प्रथम भएकि हुन् । खेलमा प्रिति गौतम र एलिसा श्रेष्ठ तेस्रो भएका छन् ।
खेलका विजेता र उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रोटरियन राजेन्द्र ढकाल, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्माले पुरस्कार प्रदान गर्नुभएको थियो ।
मंसिर ६ र ७ गरि दुई दिनसम्म चलेको प्रतियोगिता जिल्लाका ३० जना जुनियर खेलाडीहरुले विभिन्न उमेर समुहमा प्रतिस्प्रर्धा गरेका थिए ।

≪ Previous Post

रुपन्देहीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

Next Post ≫

ग्लोरियस कलेजमा नयाँ विद्यार्थीलाई स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क