Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
रुपन्देहीमा  खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु
60
SHARES
ShareTweet

भेट्रान तर्फ श्रीष र गुरुङको विजयी शुरुवात



बुटवल, ७ मंसिर । रुपन्देहीमा पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा शनिबारदेखि सुपौली ब्याडमिन्टन कोर्टमा प्रतियोगिता शुरु भएको हो ।
शनिबार भएको दघाटन खेलमा मंगलापुर ब्याडमिन्टन क्लबका नर बहादुर श्रीष र भुपाल गुरुङले विजयी शुरुवात गरेका छन् ।
लुम्बिनी स्पोर्ट्स क्लबका राम भण्डारी र भिम पुन तथा मंगलापुर ब्याडमिन्टन क्लबका श्रीष र गुरुङ बिचमा भएको खेलमा श्रीष र गुरुङले सोझो सेटमा जित हात पारेका हुन् । १२ वर्षिय एम्पायर लेलिन रानाले खेलाएको खेलमा मंगलापुरका श्रीष र गुरुङले पहिलो सेट २१–१३ र दोस्रो सेट २१–१७ को अंकले जितेका हुन् ।
प्रतियोगिताको खुल्लातर्फको उपाधि विजेताले नगद ३५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेता टिमलाई नगद २५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि तृतिय टिमले नगद १५ हजारसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगितामा विभिन्न क्लबका ८१ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजक लुम्बिनी स्पोर्ट्स क्लबले जनाएको छ ।
यसअघि प्रतियोगिताको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्दै मानिसहरुको दैनिकी बदलिरहेको बेला खेल अनिवार्य भएको बताउनुभयो । विज्ञान प्रविधिको विकासले मानिसको ब्यस्तता बढाएको भन्दै मन्त्री बरालले खेललाई दैनिक जीवनको एक पाटोको रुपमा लिनुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।


कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य रमा अर्यालले समाजमा रहेका युवाहरुलाई एकतावद्ध गरी सामाजिक काममा अगाडी बढाउने काम समाजमा रहेका क्लबहरुबाट भएको बताउनुभयो । सरकारबाट खेलकुदको विकासमा थोरै आर्थिक सहयोगबाट पनि धेरै कामहरु हुने भन्दै पुर्वाधार विकासमा आवश्यक पहल जरुरी रहेको उहांले बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले खेलकुदको क्षेत्रमा नगरपालिकाबाट निरन्तर सम्बोधन भएको बताउदै नगरपालिकाबाट नीतिगत रुपमै खेलकुद पुर्वाधारलाई जोड दिएर काम भएको बताउनु भयो । समपुरक कोषमार्फत प्रदेशको २ करोड र नगरपालिकाको २ करोड रुपैयाँ बजेटबाट ब्याडमिण्टन कोर्ट बनाउने र खेलग्राम विकासको काम अघि बढेको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
क्लबका अध्यक्ष प्रथ बहादुर पुनले खेलकुदसंगै सामाजिक उत्तरदायित्वका काममा क्लव लागेको बताउनु भयो ।
कार्यक्रममा क्लबका कमल थापाले हरेक प्रतियोगिता मार्फत एउटा सन्देश दिदै आएको र यस वर्ष सरकारको पर्यटन विकासमा टेवा दिनेगरि भिजिट नेपाल २०२० र भिजिट लुम्बिनी २०७६ लाई सार्थक बनाउने अभियान सहित लागेको बताउनु भयो ।

≪ Previous Post

दुर्गा शैक्षिकका विद्यार्थीद्वारा दृष्टी बिहिनलाई आर्थिक सयोग

Next Post ≫

जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क