श्यामलाल पोखरेल
बुटवल, मंसिर ७ ।
रुपन्देहीको सियारी गाउंपालिका वडा नम्बर पांचमा सञ्चालित दुर्गा शैक्षिक गृहमा अध्ययनरत विद्यार्थीले दृष्टि बिहिनहरुलाई आर्थिक सहयोग गरेका छन् ।
अन्तर्राष्ट्रिय वाल दिवसको अवसरमा बिरेन्द्र माध्यामिक विद्यालय छपियामा अध्ययनरत दृष्टी बिहिन विद्यार्थीलाई विद्यार्थीले दश हजार एक सय नगद सहयोग गरेका हुन् ।
दुर्गा शैक्षिक गृहको दुर्गा साहित्य वाटिका, दुर्गा इङ्लिस सोसाइटी र जुनियर रेडक्रसमा आवद्व सदस्य विद्यार्थीले आर्थिक सहयोग गरेको विद्यालयका प्राचार्य कविराज पौडेलले जानकारी गराए ।
विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर र केही संकलन गरेर दृष्टी बिहिन विद्यार्थीको मनोवल बढाउने उद्वेश्यले विद्यार्थीले आर्थिक सहयोग गरेका दुर्गा शैक्षिक गृहका अध्यक्ष सुजाता ज्ञवालीले जानकारी गराइन ।
अन्तर्राष्ट्रिय वाल दिवस र अन्य दिवसहरुमा विद्यालयको सहयोगमा विद्यार्थीले सधैजसो सहयोग गर्ने गरिएको विद्यालयका प्रवन्धक निर्देशक राजन ज्ञवालीलले बताए ।
दृष्टी बिहिन विद्यार्थी अध्ययनरत बिरेन्द्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख थारु र प्राध्नाध्यापक कृष्णप्रसाद चौधरीले विद्यार्थीकोा सानो सहयोगले दृष्टी बिहिनहरुको मनोवल बढेको बताएका छन् ।
तिनाउपारी सियारीको ग्रामिण क्षेत्रमा सञ्चालित दुर्गा शैक्षिक गृहले पढाईका अलवा सामाजिक, सांस्कृतिक, साहित्य र खेलकुंद लगायतका विभिन्न विद्यामा विद्यार्थीलाई अध्यापन गराउंदै आएको छ । दुर्गा शैक्षिक गृहमा अध्ययनरत विद्यार्थीले धेरै पटक भारतको विभिन्न ठाउंमा भएका अन्तर्राष्ट्रिय खेलकुंदमा भाग लिइ मेडल जितेका छन् । त्यस्तै रुपन्देही र देशका विभिन्न ठाउंमा भएका शैक्षिक, साहित्यक, सांस्कृतिक र खेल प्रतियोगिताहरुबाट पनि मेडल जितेका छन् ।