बुटवल,७ मंसिर । रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लबले हात पारेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा डिएमसीलाई सडेन डेथमा पराजित गर्दै फर्साटिकर युवा क्लब बिजयी भएको हो ।
सडेन डेथमा फर्साटिकरका राजुसिटिको गोल नै निर्णायक बन्यो । डिएमसीका क्याप्टेन जीवन सुवेदीको प्रहार बाहिरिएको थियो । उपाधिसंगै फर्साटिकर नगद एक लाख, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता डिएमसीले नगद ५० हजार, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसी, तिनपा वडा न ८ का वडा सदस्य मधुसुधन ज्ञवाली, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले विजेता र उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्तिक २३ गतेबाट शुरु भएको प्रतियोगितामा १५ टिमले प्रतिस्पर्धा गरेका खेल संयोजक गोबिन्द अर्यालले जानकारी दिनुभयो ।
