बुटवल, ६ मंसिर । रुपन्देहीमा विद्यालयको गाडीले ठक्कर दिदा एक साईकल यात्रीको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका भलवारी स्थित सेण्ट जोसेफ बोर्डिङ स्कुलको लु १ क ३६६२ नम्वरको गाडीले ठक्कर दिदा मायादेवी गाउँपालिका ८ बस्ने बर्ष ४२ को दिवस चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दक्षिण बाट उत्तर तर्फ जांदै गरेका चन्दलाई सोही दिशामा गुडिरहेको बसले ठक्कर दिदा उनी गम्भीर घाईते भएका थिए । घाईते चन्दको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुलको वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
