Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा
90
SHARES
ShareTweet


बुटवल, ५ मंसिर । पर्यावरणमा परेको असरले खोलाका माछा हरेक वर्ष घट्दै गएपछि रुपन्देहीका किसानले तिनाउ नदिमा माछाका भुरा राखेका छन् । विश्व मत्स्य दिवसको अवसर पारेर रहु र नैनी जातका एक लाख भुरा माछा नदिमा छोडिएको हो । पछिल्लो समय चुरे क्षेत्रमा भएको अत्याधिक दोहन, तराईका खोलामा हुने उत्खनन् तथा बजार र कलकारखानाबाट नदिमा बगाईने फोहोरले खोलाको पानी दुषित बनेको छ । खोलामा प्रदुषण बढेपछि त्यसको असर माछामा देखिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम परियोजना इकाई मत्स्य सुपर जोनका अधिकृत रमेश जैसवालले बताउनुभयो ।
विश्व मत्स्य दिवसको अवसरमा मत्स्य सुपर जोन, मत्स्य व्यवसायी संघ रुपन्देही लगायतका संघ सस्थाहरुले बिहिबार पश्चिम अमुवामा ¥याली समेत निकालेका थिए । स्थानीय जनप्रतिनिधि, माछा किसान, व्यवसायी, कर्मचारी, विद्यार्थी र पत्रकार सहितको ¥याली बजार परिक्रमा गरी तिनाउ नदिमा गएर माछाका भुरा छोडिएको जिल्ला मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिपु भुषालले जानकारी दिनुभयो ।
विसं २०७० सालसम्म रुपन्देहीका दक्षिण भेगका बाजिया, कलवार र ठहरे लगायतका जातिका मानिस तिनाउ नदिमा माछा मारेर जीविका चलाउँदै आएका थिए । तर अहिले खोलामा माछा कम छन् ।
अहिले छोडिएका भुरा माछा एक वर्ष पछि ठूला हुने र माछा मारेर जीविका चलाउनेहरुका लागि पनि सजिलो होस् भनेर नदिमा भुरा माछा छोडिएको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भुषालले बताउनुभयो । नदिमा माछा बाच्नसक्ने गरि नदिलाई सफा राख्न सबै स्थानियसँग रुपन्देहीका किसानले आग्रह गरेका छन् । यसरी खोलामा छाडिने भुरा दुषित पानीमा बाच्न कठिने हुने भएकाले यस्तो आग्रह गरिएको हो ।

≪ Previous Post

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

Next Post ≫

सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क