बुटवल ६ मंसिर
सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सीमा बिवाद मिलाउन सरकारले भारतसंग वार्ता र सम्बाद गर्नुपर्ने बताउनु भएको छ् । भारतले मिचेको लिपुखेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले मिचिएको भूमि फिर्ता गर्नुपर्ने उहाँले बताउनु भयो । रिपोर्टर्स क्लवले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उहाँले सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन नसक्ने बताउनु भयो ।
सीमा बिवाद मिलाएर नेपाली भूमि संरक्षण गर्ने विषयमा कांगे्रसले सरकारलाई सहयोग गर्ने स्पष्ट धारणा सार्वजनिक गरी सकेको उहाँले बताउंनु भयो ।
मुलुकमा सरकारले मनपरी रुपमा खर्च गरेको आरोप लगाउंदै उहाँले आफन्त र नातापातालाई मात्र भरणपोषण गरिएको बताउनु भयो ।
सरकारले मनपरी रुपमा आर्थिक चलखेल गरेकै कारण देशको आर्थिक अवस्था नराम्रोसंग बिग्रिएको समेत सभापति शाहको कथन थियो ।
सरकारले सिस्टम अनुसार काम नगरेकाले समस्या आएको बताउंदै देशमा नयां उद्योग कल कारखाना नखुल्नु राम्रो संकेत नभएको बताउनु भयो ।
सार्वजनिक लेखा समितिको काम सरकारको वार्षिक हिसाब किताब ठिक छकी छैन भनेर हर्ने भएको उल्लेख गर्दै १० वर्ष यतादेखिको बेरुजु फ्रस्यौट हुन नसकेको उहाँले बताउनु भयो । सभापति शाहले १० वर्षदेखिको बेरुजी फ्रस्यौट गर्नका लागि लेखा समितिले दिनरात गरेर काम गरिरहेको जानकारी गराउनु भयो ।
अर्थमन्त्रालयले छपाइको काममा मनपरी गरेको बताउंदै छपाई गर्न बिदेशीलाई मात्र दिन नहुने उहाँको धारणा रहेको छ ।
सडक, पूल निर्माण र सिमेन्ट उद्योगहरुमा व्यापक आर्थिक चलखेख भएकाले सार्वजनिक लेखा समितिले निगरानी बढाएको बताउनु भयो । उहाँले गलत गरेर आर्थिक आर्जन गर्नेहरुलाई लेखा समितिले कारवाही गर्ने समेत औल्याउनु भयो ।
नेपाली कांगे्रसका नेतासमेत रहनु भएका सभापति शाहले प्रदेश पांचको राजधानी रुपन्देहीमा नै हुनुपर्ने बताउनु भयो ।
उहाँले सांसद आलम प्रकरणको विषयमा निष्पक्षीय छानबिन हुनुपर्ने र गल्ती भेटिए कारबाही गर्नुपर्ने धारणा राख्नु भयो ।
रिपोर्टर्स क्लवका प्रदेश पांचका संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
