Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह

संसारपोस्ट संवाददाता · ६ मंसिर २०७६ · 0
सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन सक्दैन: सभापति शाह
110
SHARES
ShareTweet


बुटवल ६ मंसिर
सार्वजनिक लेखा समितिका सभापति भरत शाहले सीमा बिवाद मिलाउन सरकारले भारतसंग वार्ता र सम्बाद गर्नुपर्ने बताउनु भएको छ् । भारतले मिचेको लिपुखेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएकाले मिचिएको भूमि फिर्ता गर्नुपर्ने उहाँले बताउनु भयो । रिपोर्टर्स क्लवले शुक्रबार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उहाँले सरकारले विज्ञप्ती निकालेर मात्र सीमा बिवाद समाधान हुन नसक्ने बताउनु भयो ।
सीमा बिवाद मिलाएर नेपाली भूमि संरक्षण गर्ने विषयमा कांगे्रसले सरकारलाई सहयोग गर्ने स्पष्ट धारणा सार्वजनिक गरी सकेको उहाँले बताउंनु भयो ।
मुलुकमा सरकारले मनपरी रुपमा खर्च गरेको आरोप लगाउंदै उहाँले आफन्त र नातापातालाई मात्र भरणपोषण गरिएको बताउनु भयो ।
सरकारले मनपरी रुपमा आर्थिक चलखेल गरेकै कारण देशको आर्थिक अवस्था नराम्रोसंग बिग्रिएको समेत सभापति शाहको कथन थियो ।
सरकारले सिस्टम अनुसार काम नगरेकाले समस्या आएको बताउंदै देशमा नयां उद्योग कल कारखाना नखुल्नु राम्रो संकेत नभएको बताउनु भयो ।
सार्वजनिक लेखा समितिको काम सरकारको वार्षिक हिसाब किताब ठिक छकी छैन भनेर हर्ने भएको उल्लेख गर्दै १० वर्ष यतादेखिको बेरुजु फ्रस्यौट हुन नसकेको उहाँले बताउनु भयो । सभापति शाहले १० वर्षदेखिको बेरुजी फ्रस्यौट गर्नका लागि लेखा समितिले दिनरात गरेर काम गरिरहेको जानकारी गराउनु भयो ।
अर्थमन्त्रालयले छपाइको काममा मनपरी गरेको बताउंदै छपाई गर्न बिदेशीलाई मात्र दिन नहुने उहाँको धारणा रहेको छ ।
सडक, पूल निर्माण र सिमेन्ट उद्योगहरुमा व्यापक आर्थिक चलखेख भएकाले सार्वजनिक लेखा समितिले निगरानी बढाएको बताउनु भयो । उहाँले गलत गरेर आर्थिक आर्जन गर्नेहरुलाई लेखा समितिले कारवाही गर्ने समेत औल्याउनु भयो ।
नेपाली कांगे्रसका नेतासमेत रहनु भएका सभापति शाहले प्रदेश पांचको राजधानी रुपन्देहीमा नै हुनुपर्ने बताउनु भयो ।
उहाँले सांसद आलम प्रकरणको विषयमा निष्पक्षीय छानबिन हुनुपर्ने र गल्ती भेटिए कारबाही गर्नुपर्ने धारणा राख्नु भयो ।
रिपोर्टर्स क्लवका प्रदेश पांचका संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

माछाको संख्या बढाउन तिनाउ नदिमा छोडियो एक लाख भुरा

Next Post ≫

हिमचुलीको खुत्रुके बचत योजना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क