Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत
40
SHARES
ShareTweet

६ जेठ, काठमाडौं । विश्वकप खेल्ने राष्ट्र अफगानिस्तानमाथि आयरल्यान्डले सनसनीपूर्ण जीत निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली आयरल्यान्डले अफगानिस्तानलाई ७२ रनले पराजित गरेको हो

२११ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३५.४ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो ।

अफगानिस्तानका लागि अस्घान अफगानले २९, मोहम्मद नावीले २७ कप्तान गुबादिन नाइबले २० र रासिद खानले १६ रन मात्रै बनाए । निकै धारिलो बलिङ गरेका आरल्यान्डका लागि मार्क अडइरले चार विकेट लिए । ६.४ ओभर बलिङ गरेका उनले मात्र १९ रन खर्चिएका थिए । त्यस्तै, बोयड रनकिमले तीन र टिम मुर्टाघले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१० रन बनाएको थियो । आयरल्यान्डका लागि पाउल स्टर्लिङले ७१ र कप्तान विलियम पोटरफिल्डले ५३ रन बनाएका थिए । बलिङतर्फ दवालत जर्दान र अफ्ताब आलमले समान ३–३ विकेट लिएका थिए ।

दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आयरल्यान्डले १–० को अग्रता बनाएको छ ।

≪ Previous Post

विश्वकप दाबेदार – स्मिथ र वार्नर फर्किएको अस्ट्रेलिया

Next Post ≫

पोलार्ड र ब्राभो विश्वकपको बैकल्पिकमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क