Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ विश्वकप दाबेदार – स्मिथ र वार्नर फर्किएको अस्ट्रेलिया
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्वकप दाबेदार – स्मिथ र वार्नर फर्किएको अस्ट्रेलिया

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
विश्वकप दाबेदार – स्मिथ र वार्नर फर्किएको अस्ट्रेलिया
80
SHARES
ShareTweet

काठमाडौं । विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । एकदिवसीय विश्वकप क्रिकेट जति नजिकिँदै गर्दा खेलाडी घोषणा र क्लोज क्याम्पमा टिमहरु व्यस्त हुन थालेका छन् ।

महिना दिनभन्दा बढी समय क्रिकेटमय माहोलमा विश्वकप कसले जित्ला भन्ने अडकलबाजीमा क्रिकेटप्रेमि रमाउँछन् । यस्तोमा सर्वाधिक पाँच पटक उपाधि उचालेको देश अस्ट्रेलिया कतिको तयार छ त ? के विश्वकपको उपाधि यो पटक पनि आफ्नै देशमा लैजान सक्ला ?

टिममा बढेको मनोबल

अस्ट्रेलियाको टिमलाई नियाल्ने हो भने मनोबल बढेको आभास पक्कै हुन्छ । करिब १६ महिनापछि टिममा फर्किएका पूर्व कप्तान स्टेभन स्मिथ र उपकप्तान डेभिड वार्नरको पुनरागमनले टिमलाई मात्रै हैन समर्थकलाई पनि राहात मिलेको छ । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्ट खेलमा बल टेम्परिङ काण्डमा मुछिएपछि दुबै खेलाडीलाई क्रिकेट अस्ट्रेलियाले प्रतिबन्ध लगाएको थियो ।

कुनै समय क्रिकेटको बादशाहकै परिचय बनाएको अस्ट्रेलिया यो पटक पनि विश्वकप क्रिकेटको उपाधि उचाल्न सक्षम देखिन्छ । स्मिथ र वार्नर आएपछि टिम सन्तुलित बनेको क्रिकेट अस्ट्रेलियाले उल्लेख गरेको छ ।

सन् २०१८ को मार्चमा दक्षिण अफ्रिका भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टिमसँग तेस्रो टेष्ट खेलमा बल टेम्परिङको सामाना गर्नु परेको थियो । त्यसपछि अस्ट्रेलिया क्रिकेट धरापमा मात्रै परेन एकपछि अर्को सिरिज गुमाउँदै गयो ।

उक्त टेष्ट सिरिज दक्षिण अफ्रिकालाई सुम्पेको अस्ट्रेलियाले इंग्ल्यान्डसँगको एकदिवसीय र टी-२० सिरिज पनि गुमायो । त्यसपछि जिम्बाब्वेमा भएको त्रिकोणात्मक सिरिज पनि गुमाएको अस्ट्रेलियाले पाकिस्तानसँगको टी-२० सिरिजमा नराम्ररी हार ब्यहोर्नु बाध्य बन्यो । एकपछि अर्को खेलमा हार ब्यहोरको अस्ट्रेलियाको पूरै टिम संकटमा परेको थियो ।

तर हारको शृंखलापछि अस्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज भने आफ्नो पक्षमा पार्न सक्यो । करिब यो १६ महिनाको अवधिमा अस्ट्रेलियाले ठूला दुई वटा मात्रै सिरिज आफ्नो पक्षमा पार्न सक्यो ।

खस्किदो अवस्थाबाट सुधार गरेको अस्ट्रेलिया विश्वकपको संघारमै आइपुग्दा विशेष रणनीति अपनाउने योजनामा छ । त्यसैले अस्ट्रेलियाले राष्ट्रिय टिममा परेका खेलाडीलाई बिग ब्यास पछि कुनै पनि लिग खेल्न दिएन । जसले गर्दा टिममा रहेका कुनै पनि खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेनन् । प्रतिबन्धपछि टिममा नफर्किएका वार्नर र स्मिथले आईपीएल खेले पनि उनीहरु बीचमै छाडेर राष्ट्रिय टिममा पुगिसकेका छन् ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक जष्टिन लेंगर पनि राम्रो खेल देखाउनेमा ढुक्क छन् ।

स्मिथ, वार्नर, म्याक्सवेल र जाम्पामाथि नजर !

अस्ट्रेलियाको लागि यो विश्वकप निकै विशेष हुनेछ । विशेष गरी नेतृत्व क्षमता भएका स्मिथ र वार्नरले यो विश्वकपमा आरोन फिन्चको कप्तानीमा रहेर खेल्नेछन् ।
सन् २०१५ को विश्वकप अस्ट्रेलियाले जित्दा कप्तानीको भूमिका माइकल क्लार्कले निभाएका थिए । विश्वकप सकिएसँगै क्लार्कले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेपछि कप्तानीको भूमिकामा आए स्मिथ । उच्च लयमा रहेका स्मिथ लामो समयसम्म एकदिवसीय क्रिकेट बरियताको शीर्ष स्थानमा रहे । तर बल टेम्परिङ काण्डसँगै उनले आजीवन कप्तानको भूमिकामा काम गर्न नपाउने भए ।

२०१५ को विश्वकपमा एक शतक र चार अर्धशतकसहित ४०२ रन बनाएका उनी अस्ट्रेलियाका लागि उक्त विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भएका थिए ।
डेभिड वार्नर अस्ट्रेलियाका अनुभवि ओपनिङ ब्याट्सम्यान हुन् । सन् २०१५ को विश्वकप अस्ट्रेलियाले जित्दा महत्वपूर्ण भूमिका निभाएका वार्नर यो पटक पनि उच्च लयमा छन् ।

ग्लेन म्याक्सवेल अस्ट्रेलियाका सबैभन्दा उत्कृष्ट ब्याटिङ अलराउण्डर हुन् । उनी टिमको अवस्था हेरेर ब्याटिङ गर्न सक्छन् ।

सन् २०१५ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका म्याक्सवेल पछिल्लो समयमा निकै लयमा देखिएका छन् । ब्याटिङ मात्रै हैन बलिङ पनि उनको उतकै सशक्त छ । दायाँ हाते अफब्रेक बलर म्याक्सवेलले एकदिवसीय क्रिकेटमा मात्रै ५० विकेट लिएका छन् । ब्याटिङतर्फ २७०० रन बनाएका छन् ।

एडम जाम्पाको यो पहिलो विश्वकप हुनेछ । आफ्नो डेब्यु विश्वकपमै केही तहल्का मचाउने लक्ष्यमा उनी हुनेछन् । सन् २०१६ मा न्युजिल्यान्डविरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यु गरेका उनी अस्ट्रेलियाका भरपर्दा स्पिनर हुन् । लेगब्रेक गुग्ली बलिङ गर्ने जाम्पाले ४४ एकदिवसीयबाट ६० विकेट लिएका छन् ।

टिम

आरोन फिन्च (कप्तान), डेभिड वार्नर, सन मार्स, स्टिभ स्मिथ, उसमान ख्वाजा, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, आदम जाम्पा, ज्यासन ब्रेनड्रोफ, केन रिचार्डसन, मिचेल स्टार्क, नाथन काउल्टर नाइल, नाथन लायन, प्याट क्युमिन्स ।

≪ Previous Post

पीडामा पनि जेसनको शतक

Next Post ≫

अफगानिस्तानमाथि आयरल्यान्डको सनसनीपूर्ण जीत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क