Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ पीडामा पनि जेसनको शतक
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पीडामा पनि जेसनको शतक

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
पीडामा पनि जेसनको शतक
40
SHARES
ShareTweet

लन्डन, (एजेन्सी)
पीडामा पनि जेसन रायले शतक प्रहार गर्दा इंग्ल्यान्डले पाकिस्तानविरुद्धको ५ खेलको वानडे सिरिज आफ्नो नाममा गरेको छ ।

३–० को अग्रतासँगै इंग्ल्यान्डले एक खेल बाँकी राख्दै सिरिज हात पारेको हो । पाकिस्तानले ठूलै चुनौती पेश गरेपनि जेसन राय र बेन स्टोक्सले सानदार ब्याटिङ गरेपछि इंग्ल्यान्डको जित भयो । यसमा जेसनसँग भावनात्मक कुरा पनि जोडिएको छ । जेसनकी छोरी अस्पतालमा जीवनसँग संघर्ष गरिरहेकी छिन् । छोरीको यस्तो मुश्किल घडीमा पनि उनले मैदानमा आएर ब्याटिङ गरे । आफ्नी प्यारी छोरीको कष्टले आफुलाई पनि पीडा भएपनि ती सबै भुलेर उनले खेल्न आएका थिए ।

जेसनले २ घण्टा सुतेर खेल्न आए पनि १ सय १४ रन बनाएर शतक प्रहार गरेका थिए । उनले बताए—यो मेरो करियरकै सबैभन्दा सुन्दर शतक थियो । मैले जुन परिस्थितिमा यो पारी खेले यो मेरो लागि सजिलो कुरा थिएन । मैले यो शतक मेरा परिवारकी सबैभन्दा प्यारी छोरीको नाम गरेको छु ।

हालै बाबु बनेका जेसनकी छोरीको स्वास्थ्य खराब छ । उनलाई अस्पताल भर्ना गरिएको छ । पाकिस्तानविरुद्ध खेल्न अगाडि उनी अस्पतालमै थिए । उनी खेल हुन अगाडि मात्रै स्टेडियम पुगेका थिए । जुन खेलमा उनले ८९ बलको सामना गर्दै ११ चौका र ४ छक्का प्रहार गरेका थिए । उनको यो आठौं वानडे शतक हो । यो खेलपछि फेरि उनी अस्पताल फर्केका थिए । पाकिस्तानले ३ सय ४१ रनको विशाल लक्ष्य दिएको थियो ।

≪ Previous Post

सिटीलाई एफए कपको उपाधि

Next Post ≫

विश्वकप दाबेदार – स्मिथ र वार्नर फर्किएको अस्ट्रेलिया

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क