Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ सिटीलाई एफए कपको उपाधि
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिटीलाई एफए कपको उपाधि

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
सिटीलाई एफए कपको उपाधि
40
SHARES
ShareTweet

लन्डन, (एजेन्सी), म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनल खेलमा वाट्फोर्डलाई ६–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो । जितसँगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजनमा इंग्ल्यान्डका तीन घरेलु उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि उचालिसकेको छ ।

शनिबार वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङले ह्याट्रिक गरेका थिए । यस्तै डेभिड सिल्भा, ग्राबियल जिसस र केभिन डी ब्रुयनेले एक–एक गोल गरे । खेलको २६ औं मिनेटमा स्ट्रर्लिङको पासमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा जेससको पासमा स्ट्रर्लिङले गोल गरेपछि सिटीले पहिलो हाफसम्म २–० ले अघि रहेको थियो ।

खेलको ६१ औं मिनेटमा जेससकै पासमा ब्रुयनेले गोल गर्दै सिटीको अग्रता तेब्बर पारे । ६८औं मिनेटमा ब्रुयनेको पासमा जेससले चौथो गोल थपे । खेलको ८१औं मिनेटमा बनार्डो सिल्भाको पासमा स्ट्रर्लिङले पाचौं गोल सम्भव पारे । खेलको ८७ औं मिनेटमा ब्रुयनेको पासमा स्ट्रर्लिङले पुनः गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटीको गोलसंख्या आधा दर्जन पुग्यो ।

≪ Previous Post

रोनाल्डो बने मोस्ट भ्यालुएबल

Next Post ≫

पीडामा पनि जेसनको शतक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क