Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
यस क्षेत्रकै ठुलो धनराशीको दोस्रो लाफा ब्याडमिन्टन हुने
80
SHARES
ShareTweet

बुटवल, ५ मंसिर
लाफा समुहको आयोजनामा दोस्रो खुल्ला तथा भेट्रान्स पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । आउदो पुस ५ र ६ गते प्रतियोगिता हुने विहिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि समुहका अध्यक्ष तारासिह रेश्मीले बताउनु भयो । युवाहरुलाई खेलमार्फत एकतावद गराई सामाजिक क्षेत्रमा योगदान दिने लक्ष्यसहित क्लबको स्थापना भएको उहाँले बताउनु भयो ।
यश क्षेत्रमा नै ब्याडमिन्टन खेलमा सबैभन्दा ठूलो राशीको प्रतियोगिता भएको उहाँको दाबी रहेको छ । प्रतियोगिता दुई ईभेन्टमा खेलाइने छ ।
जसमा खुल्ला तर्फ उपाधि विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया, दोस्रो टिमले नगद ४१ हजार १ सय ११ तथा तेस्रो टिमले नगद ३१ हजार १ सय ११ रुपैया नगदसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि भेट्रान्स तर्फ उपाधि विजेता टिमले नगद २१ हजार १ सय ११, दितिय टिमले नगद नगद १५ हजार १ सय ११ तथा तृतिय टिमले नगद १० हजार १ सय ११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुसासित खेलाडीलाई समेत पुरस्कृत गरिने उहाँले बताउनु भयो ।
दुई दिने हुने प्रतियोगितामा करीब १३ लाख खर्च हुने खेल संयोजक पुरन गाहाले बताउनु भयो । करीब २ सय जना खेलाडीहरुबाट एक सय टिमले उपाधि प्रतिस्पर्धा गर्ने छन ।
क्लबका सल्लाहकार बासुदेव लामिछानेले क्लबका सदस्य तथा खेलप्रेमीहरुको सहयोगबाट प्रतियोगिता हुन लागेको बताउनु भयो । क्लबबाट सामाजिक उत्तरदायित्व अन्तरगत एम्बुलेन्स संचालन गर्ने, अनाथ तथा अपाङहरुलाई सहयोग, वर्षको दुई पटक नियमित रक्तदान कार्यक्रम, ब्याडमिन्टन तथा भलिबल प्रतियोगिता गराउने लक्ष्यहरु रहेको उहाँबो कथन रहेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरा गौतम, क्लबका संयोजक जगत बयम्बु, सदस्य अनिल श्रेष्ठले खेलकुदको विकासमा समाजका सबै पक्षको सहयोग जरुरी रहेको बताउनु भयो ।

≪ Previous Post

समाजसेवी गाहाको निधन

Next Post ≫

लाफा समूहको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क