Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
नेपाल आयल निगम भलवारीमा लोडिङ्ग अनलोडिङ्ग सेडको शिलान्याश
80
SHARES
ShareTweet


सेड निर्माण पछि ईन्धन ब्यवस्थापनमा सुधार आउंछ :निगम


बुटवल, ५ मंसिर । नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारी रुपन्देहीमा लोड अनलोडको क्षमता विस्तारका लागि लोडिङ्ग अनलोडिङ्ग (लोडिङ्ग पोइन्ट)सेड निर्माण गर्न लागिएको छ ।
स्थापना काल देखि चार वटा लोडिङ्ग पोइन्ट(टि एल एफ सेड)बाट ईन्धन लोड अनलोड गर्दै आईरहेको निगमले निगम हाता भित्र थप चार वटा नयाँ लोडिङ्ग पोइन्ट निर्माण गर्न लागेको हो ।
नयाँ बन्न लागेको लोडिङ्ग पोइन्टको निगमका ५ नम्वर प्रदेश प्रादेशिक कार्यालयका प्रमुख ईन्जिनियर सूरज शाहले बिहिबार एक कार्यक्रम वीच शिलान्याश गर्नुभयो ।


सो अवसरमा बोल्दै प्रमुख शाहले ढिलै भएपनि निगम ब्यवस्थापनले लोडिङ्ग पोईन्ट विस्तारको आवश्यक्तालाई महशुस गरेको र नयाँ सेड निर्माण पछि ब्यवसायी र उपभोक्ताको माग अनुसार ईन्धनको ब्यवस्थापन गर्न सहज हुने वताउनु भयो ।
उहांले भण्डारण क्षमताको हिसावले दयनिय अवस्थामा रहेको भलवारी डिपोमा सेड निर्माणका लागि गोपिनी गँगा ईन्जिनियरिङ्ग निर्माण एण्ड सप्लायर्स प्रा लि संग १ करोड ५ लाखमा चार महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी ठेक्का संझौता भएको जानकारी गराउनु भयो ।
निगमका प्रवन्धक शैलेन्द्र भुसालले यस क्षेत्रमा दैनिक १६–१७ लाख डिजल र ३–४ लाख पेट्रोलको माग रहेको भन्दै सो मागलाई सम्वोधन गर्न र सहज रुपमा उपभोक्ता सम्म ईन्धन पु¥याउने उद्देश्य अनुरुप नयाँ लोडिङ्ग पोइन्ट निर्माण कार्य अगाडि बढाईएको बताउनु भयो ।
निगम भित्र आवश्यक भौतिक संरचना निर्माण गर्ने जिम्मेवारी निगमको आफ्नै भएपनि यस क्षेत्रका ब्यवसायीहरुको अथक प्रयाशका कारण यसले मुर्तरुप लिएको भन्दै प्रवन्धक भुसालले सेड निर्माण संगै ईन्धनको ब्यवस्थापनमा धेरै सुधार र सहजता हुने बताउनु भयो ।
उहांले निगम भित्र आवश्यक भौतिक संरचना निर्माणका लागि प्रयाप्त ठाउं नभएपनि ब्यवसायीहरुको माग सुविधाका लागि क्यान्टिन, शौचालय निर्माण र पार्किङ्ग ब्यवस्थापनका टेण्डर आह्वान भैसकेको जानकारी गराउनु भयो ।


पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले ब्यवसायीको पहलमा ब्यवसायीहरुले इन्धन ढुवानीका लागि निजि गाडी राख्न सफल भएको र नयाँ लोडिङ्ग सेड निर्माण संगै ब्यवसायीको सपना साकार भएको बताउनु भयो । विगतमा ईन्धनको लागि निकै सास्ती खेपेका यस क्षेत्रका पेट्रोलियम ब्यवसायीहरुले निगमको कुशल ब्यवस्थापनका कारण अहिले ठूलो राहतको महशुस गरेको वतानु भयो ।
पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघका अध्यक्ष राकेश कशौधनले नयाँ सेड निर्माण पछि लोडिङ्ग अनलोडिङ्गमा धेरै सहज हुने भन्दै भारतको बैतालपुर र मुगलसरायमा गाडीको संख्या बढाउन निगम ब्यवस्थापन संग आग्रह गर्नुभयो ।
निगमका सहायक प्रवन्धक काँशिराम ओलीको संचालन भएको कार्यक्रममा निर्माण कम्पनी गोपिनी गँगाका प्रोप्राईटर केशव दाहालले ठेक्का सम्झौता अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।
निगममा पेट्रोलको भण्डारण क्षमता एक दिनलाई पनि नपुग्ने रहेकाले निगम ब्यवस्थापनले पेट्रोलको भण्डारण क्षमता बृद्धिका लागि मट्टितेलको ट्याँकीमा पेट्रोल भण्डारण गर्ने तयारी गरेको छ ।

≪ Previous Post

सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा

Next Post ≫

अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क