Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0
न्यू होराईजन अन्तर मावि क्रिकेटको उपाधि होराईजन जिविएसलाई
80
SHARES
ShareTweet


बुटवल, ४ मंसिर । रुपन्देहीमा सम्पन्न न्यू होराईजन अन्तर मावि जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको दशौं संस्करणको उपाधि आयोजक होराईजन जिविएसले जितेको छ ।
बुधबार भएको फाइनल खेलमा न्यू होराईजन माबिलाई ७ रनले पराजित गर्दै होराईजन जिविएसले उपाधि चुमेको हो । उपाधिसंगै होराईजन जिविएसले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता न्यु होराईजन नगद १० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगितामा न्यू होराईजनका प्रकाश गिरी म्यान अफ द सिरिजबाट पुरस्कृत भए । यसैगरि न्यू होराईजनकै अमर मिश्रा उत्कृष्ट ब्याट्सम्यान तथा होराईजन जिविएसका सुरज खड्का उत्कृष्ट बलरबाट पुरस्कृत भए ।
न्यु होराईजन एजुकेशन ईन्ष्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको खेलमा टस जितेर होराईजन जिविएसले पुरै ओभरमा ७ विकेटको नोक्सानीमा ९० रन बनाएको थियो । जिविएसका लागि निश्चल पराजुलीले नटआउट २४ तथा विजय श्रेष्ठले ८ रन रन जोडे ।
कम स्कोरलाई पछ्याएको न्यू होराईजनका ब्याट्सम्यान १९.३ ओभरमा केवल ८३ रनमा समेटिएका थिए । न्यू होराईजनका मदन खरेलले २१ तथा प्रकाश गिरीले १२ रन बनाए । होराईजन जिविएसको जितमा विजय श्रेष्ठले ४ विकेट लिए । उनी खेलमा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे, क्रिकेट एसोसियसन अफ नेपालका केन्द्रिय सदस्य प्रशान्तविक्रम मल्ल, अन्तर्राष्ट्रिय अम्पायर सन्जय गुरुङ, विद्यालयका प्राचार्य लोकनाथ उपाध्याय, खेलका संयोजक शक्ति गौचन लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

≪ Previous Post

अस्पतालका सटर व्यावसायीको माग : पाँच वर्ष ब्यवसाय गर्न पाउनुपर्छ

Next Post ≫

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क