Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0
बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत
70
SHARES
ShareTweet

औद्योगिक सुरक्षाको महसुस हुन नसकेको ब्यवसायीको गुनासो



बुटवल, ४ मंसिर । नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौ सेसन २६ कमाण्ड तालिममा सहभागि सैनिक अधिकृतहरुले बुटवल उद्योग बाणिज्य संघमा स्थलगत अवलोकन गर्नुका साथै संघले गरेका गतिबिधि बारे जानकारी लिएका छन् ।
तालिमकै सिलसिलामा प्रदेश ४ र ५ को अध्ययन भ्रमणमा निस्किएको ४० जना सैनिक अधिकृतको टोलीले बुधबार बुटवल उद्योग बाणिज्य संघमा स्थलगत अध्ययन अवलोकन गरेको हो ।
सैनिक अधिकृतहरुलाई स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापना, संघले गरेका व्यबसायिक तथा सामाजिक गतिबिधिका बारेमा जानकारी गराउँदै बुटवल उद्योग बाणिज्य संघ र नेपाली सेनाको बिचमा सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले नीजि क्षेत्रबाट औद्योगिक सुरक्षाको महसुस गर्ने गरी सरकारले काम नगरेका कारण दुई तिहाईको स्थिर सरकार आएपछि पनि नीजि क्षेत्र सोंचे अनुसार अंगाडी बढ्न नसकेको र औद्योगिक सुरक्षाको महसुस हुन नसकेका उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाली सेनाका महासेनानी सैनिक कलेजका शिक्षक द्रव्य भण्डारीले बुटवल उद्योग बाणिज्य संघ देशमै उदाहरणीय संस्थाको रुपमा अंगाडी आएको कारण अध्ययन भ्रमणमा बुटवल उद्योग बाणिज्य संलाई रोजिएको जानकारी गराउनु भयो । गण्डकी प्रदेशको भ्रमण सकेर प्रदेश पाँचमा आएको टोलीले लुम्बिनी लगायतका क्षेत्रको अवलोकन भ्रमण गरि फर्किने पनि उहाँले जानकारी गराउनु भयो ।
त्यस अवसरमा सैनिक अधिकृतहरुले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनका समस्या, कृषिलाई आधुनिकीकरण तथा व्यबसायिकरण गर्न संघले खेलेको भूमिका, सिमा पारिको फष्टाउँदो व्यापारले यस क्षेत्रमा पारेको असर लगायतका बिषयमा राखेको जिज्ञासामा संघका अध्यक्ष हमालले तेस्रो मुलुकबाट कामदार ल्याउनु पर्ने बाध्यता र औद्योगिक क्षेत्रको धरातल अध्ययन बिना ऐन आएकाले कार्यान्वयनमा समस्या भएको जानकारी गराउनु भयो । सिमा पारिको फष्टाउँदो व्यापारले नेपाली व्यापारी व्यबसायीलाई समस्या मात्रै नभएर सिंगो मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पारेको जानकारी गराउँदै उहाँले त्यसको समाधानकालागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
त्यस्तै उहाँले कृषिको व्यबसायिक बिकास, आधुनिकीकरण, यान्त्रिकीकरण र कृषिमै उद्यमशिलता बिकासकालागि संघले निरन्तर बिशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको, रुपन्देही जिल्लामा औद्योगिक बिकासको अधार भएकै कारण औद्योगिक क्षेत्र बिकासकालागि सरकारलाई पैरवी गर्दै आएको जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन संघका कार्यसमिति सदस्य अनुपमान सैंजुले गर्नुभएको थियो ।

≪ Previous Post

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

Next Post ≫

अस्पतालका सटर व्यावसायीको माग : पाँच वर्ष ब्यवसाय गर्न पाउनुपर्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क