Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र

संसारपोस्ट संवाददाता · ४ मंसिर २०७६ · 0
‘औद्योगिक व्यापार मेला–२०७६’को तयारी तिब्र
50
SHARES
ShareTweet


बुटवल, ४ मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को तयारीका काम तिब्र रुपमा अंगाडी बढेका छन् ।
बुटवल उद्योग वाणिज्य संघले आगामी पुसमा २० औं संस्करणको मेला बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको उत्तर तर्फ सञ्चालन गर्ने तयारी गरेको छ ।
मेलाकालागि मेला स्थलमा पूर्वाधार निर्माणको काम भईरहेको छ भने, सचिवालयमा स्टल दर्ता लगायतका कामहरु तिब्र रुपमा अंगाडी बढेको संघले जनाएको छ ।
मेला सञ्चालनकालागि गठित उपसमितिलेहरुले आफ्नो समितिलाई पूर्णता दिने र ती उपसमितिहरु समेत विषयगत कार्यमा केन्द्रित भएर तयारीका काम गरिरहेका छन् । यस अंगाडीका वर्षहरुमा मेला सञ्चालन हुँदै आएको बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम भैरहेकाले संघले नयाँ स्थान बुटवल देवीनगरमा मेला आयोजना गर्ने तयारी गरेको हो ।
मेला सञ्चालन गर्ने स्थान नयाँ भएकाले पूर्वाधार निर्माणका काम पनि शुन्यबाट सुरु गर्नुपर्ने भएकाले संघको मेला सचिवालयले सोही ढंगबाट तयारीका कामहरु गर्दै आएको संघका अध्यक्ष तथा मेला व्यबस्थापन मुल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा ब्यापार मेलाको आयोजना गरेको थियो । त्यसबाहेक बिशिष्टिकृत रुपमा संघ तथा संघ मातहतका बस्तुगत समितिहरुले कृषि मेला, जुत्ता तथा मोवाईल मेला सञ्चालन गर्दै आएका छन् ।
उद्योगबाट उत्पादित वस्तुहरुलाई प्रत्यक्ष रुपमा उपभोक्ताको बिचमा लैजानकालागि पुलको रुपमा स्थापित मेलाबाट त्यसबाहेक कृषिको बिकासमा आधुनिकीकरण तथा बिविधीकरण, उद्यमशिलता बिकास, रोजगारी प्रवद्र्धन लगायतका कार्यक्रमलाई समेत संघले प्राथमिकता दिदै आएको अध्यक्ष हमालले बताउनु भयो । आगामी पुसको ९ गतेदेखि २३ गतेसम्म १५ दिन सञ्चालन गरिने मेलामा विषयगत रुपमा छुट्टा छुट्टै पेभिलियनमा ५ सय स्टल राखिने संघले जनाएको छ ।

≪ Previous Post

तिलोत्तमामा सन्जीवनी फुटबल प्रतियोगिता हुने

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघमा सैनिक अधिकृतहरुलाई स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क