Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ आउदो शैक्षिक सत्रबाट तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु गरिने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आउदो शैक्षिक सत्रबाट तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु गरिने

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
आउदो शैक्षिक सत्रबाट तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु गरिने
80
SHARES
ShareTweet


बुटवल २ मंसिर
प्रदेश पाँचको केन्द्र रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणको तयारी थालेको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउन नगरपालिकाले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो ।
स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले आगामी शैक्षिक सत्रबाट नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा विद्यालयहरु छन् ।
पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गर्ने समितिको तयारी छ । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गरिने संयोजक भुसालले बताउनुभयो । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषयमा जानकारी दिइनेछ ।
स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहने भएकाले विद्यार्थीका लागि रुचीकर रहने शिक्षा उप–सचिव गंगाराम आचार्यले बताउनुभयो । “तिलोत्तमाको समग्र अवस्थाको बारेमा रहने भएकाले स्थानीय पाठ्यक्रमले विद्यार्थीलाई स्थानीय अवस्थालाई परिचित गराउनेछ ।” शिक्षा उप–सचिव आचार्यले भन्नुभयो । नेपालको संविधानले नै स्थानीय पाठ्यक्रमको परिकल्पना गरेको छ भने माध्यामिक तहसम्मको शैक्षिक अधिकार स्थानीय सरकारलाई छ ।
विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले सोमबार जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवाको सहभागितामा सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यशाला गोष्ठी गरेको छ । गोष्ठीका सहभागीहरुले स्थानीय पाठ्यक्रममा समेट्नु पर्ने विषयका बारेमा समितिलाई लिखित तथा मौखिम सुझावहरु दिएका छन् । समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिने संयोजक भुसालले बताउनुभयो ।
कार्यशाला उद्घाटन गर्दै नगर प्रमुख घिमिरेले स्थानीय अवस्थासँग परिचित हुनेगरी विद्यार्थीलाई जिवनोपयोगी शिक्षा दिन स्थानीय पाठ्यक्रम निर्माण सफल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा उप–प्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्मा, शिक्षा उपसचिव गंगाराम आचार्य, नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, सचिव लक्ष्मण खनाल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, प्रवक्ता सुरेन्द्र श्री, स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसाल, भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक बाबुराम भण्डारी, शिक्षा अधिकृत शारदा भट्टराई, डन चिल्ड्रेनका प्राचार्य कृष्ण खनाललगायतले बोल्नुभएको थियो ।

≪ Previous Post

भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता

Next Post ≫

महाकाली–मेची साईकल यात्री रुपन्देहीमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क