Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता
100
SHARES
ShareTweet


बुटवल २ मंसिर
लुम्बिनी स्पोटर््स क्लबले ब्याड्मिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘हाम्रो देश र हाम्रो प्रदेशको शान्ति र समृद्धिका लागि, हामी संगैं छौं’ भन्ने मूल अभियानका साथ ‘पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याड्मिन्टन्’ प्रतियोगिताको आयोजना गरिएको (आज) सोमबार बुटवलमा एक कार्यक्रम गरि जानकारी गराएको हो ।
प्रतियोगितामा स्थानिय तथा राष्ट्रिय ब्याड्मिन्टन् खेलाडिहरु समेतगरि करिब ३५ टिम सहभागी हुने निस्चित भइसकेको क्लबका अध्यक्ष प्रत बहादुर पुनले जानकारी दिए । सरकारले ‘भिजिट नेपाल २०२०’ र ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ मनाइरहेको सन्दर्भमा खेलकुद्को माध्यमबाट आन्तरिक प¥यटनमा समेत टेवा पुग्ने विश्वासका साथ खेल आयोजना गर्न लागिएको क्लबका सल्लाहकार राजेन्द्र गुरुङले बताउनु भयो ।
आगामी मंसिर ७ गते शनिबार तिलोत्तमा–१४ सुपौलीस्थित आफ्नै खेलमैदानमा आयोजना हुने प्रतियोगिताको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालमगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन ।
प्रतियोगितामा पुरुष डबलतर्फ प्रथम, द्वित्तिय र तृतिय हुनेले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद सहित टफ्रि, मेडल र प्रमाण–पत्र पाउने छन् । भेट्रानतर्फ विजेता र उपविजेता टिमले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कार सहित टफ्रि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । खुल्लातर्फ प्रवेश शुल्क दुई हजार पाँच सय र भेट्रानतर्फ एक हजार पाँच सय रुपैयाँ राखिएको छ ।
प्रतियोगिता आयोजना गर्नकालागि करिब पाँचदेखि सातलाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा कोषाध्यक्ष महेश रानाले जानकारी दिए । रानाका अनुुसार प्रतियोगिता सम्पन्न गर्नका लागि सम्पूर्ण खर्च क्लबले आफ्नै आन्तरिक श्रोत र केहि व्यवसायिक प्रतिष्ठानहरुको प्रायोजनहरु मार्फत गर्दै आइरहेको छ । सहयोगका लागि स्थानिय निकायहरुबाट आश्वासन आएको पनि उनले बताए ।
प्रतियोगिताले स्थानिय स्तरमा खेल क्षेत्रको विकास मात्र नभई, नव खेलाडी उत्पादन, स्वास्थ प्रवद्र्धन, प¥यटन् प्रवद्र्धन, सामाजिक र राष्ट्रिय दायित्वप्रति पनि जिम्मेवारी बोध गराउने विश्वास गर्दै साझा प्रयासमा देश, प्रदेश र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने विश्वास समेत लिएको छ ।
वि.स. २०७२ सालमा स्थापना भएको लुम्बिनी स्पोटर््स क्लबले ब्याड्मिन्टन खेललाई संस्थागत गर्नका लागि प्रदेश सरकार, तिलोत्तमा नगरपालिका र व्यवसायिक प्रतिष्ठानहरुको सहयोगमा करिब एक करोड ७० लाखमा ब्याड्मिन्टन कभर्ड हल निर्माण प्रक्रियालाई अगाडि बढाएको छ । विशेष गुरु योजनाका साथ कभर्डहलसंगै मिनि गार्डेन, बहुउद्देश्यीय पुस्तकालय, जिम हल, कन्फ्रेन्स हल लगायत क्लब लोगो पिल्लर बनाउने योजना सहित क्लबले काम गरिरहेको क्लबका कमल थापाले जानकारी दिए । ‘खेल खेलौं, स्वस्थ रहौं र राष्ट्रलाई चिनाऔं’ भन्ने मूल भावनाकासाथ क्लबले अर्थपूर्ण सहभागिता सहित खेल प्रवद्र्धनका लागि प्रतियोगितामा खेलाडि, खेलप्रेमी लगायतलाई सहयोगका लागि अपिल समेत गरेको छ । कार्यक्रम क्लबका सचिव विष्णु दगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।

≪ Previous Post

व्यबसायीक समस्या समाधानका लागि दूई संस्था बीच सहमती

Next Post ≫

आउदो शैक्षिक सत्रबाट तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क