Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ व्यबसायीक समस्या समाधानका लागि दूई संस्था बीच सहमती
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

व्यबसायीक समस्या समाधानका लागि दूई संस्था बीच सहमती

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
व्यबसायीक समस्या समाधानका लागि दूई संस्था बीच सहमती
80
SHARES
ShareTweet


बुटवल, २ मंसिर
व्यबसायीक समस्या समाधानका लागि बुटवल उद्योग बाणिज्य संघ र मकवानपुर उद्योग बाणिज्य संघ बीच सहमती जनाएका छन ।
संस्थागत भ्रमणकालागि बुटवल आएको मकवानपुर उद्योग बाणिज्य संघको टोलीलाई बुटवल उद्योग बाणिज्य संघले सोमबार बुटवलमा स्वागत गदै मुलुकको अर्थतन्त्रमा प्रभावपार्ने नीजि क्षेत्रको बिकासका लागि उत्पन्न भएका समस्या तथा अवसर र दुई संघबिचको सहकार्यमा गर्ने गरि सहमती जनाएका छन ।
मकवानपुरबाट आएको टोलीलाई संघमा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनादेखि हालसम्मको बिकास क्रम, संघले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेका सामाजिकयोगदान तथा उद्योगी व्यबसायीका समस्या समाधानमा संघले गरेका पहलकदमीहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले व्यबसायिक समस्या समाधानकालागि दुई संघबिच सहकार्यकालागि बुटवल तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको बारेमा संक्षिप्त जानकारी गराउँदै बुटवलले जस्तै मकवानपुरले पनि सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको जानकारी गराउनु भएको थियो ।
दुबै संघका अध्यक्षहरुले स्थानीय स्तरमा जनप्रतिनीधि नहुँदा स्थानीय तहले गर्ने काम गरेपनि अहिले सरकारी निकायबाट अपहेलित हुनु परेको गुनासो गर्नुभएको थियो । त्यस्तै उहाँहरुले ढुवानीमा अनलाईन ट्रयाकिङ सिष्टम लगायतका बिषयमा नेपाल बाणिज्य महासंघ चुक्दा जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई समस्या परेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य संघका सदस्य तथा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले महासंघमा महासंघमा व्यक्तिवादी चरित्र हावी भएका कारण नेतृत्व स्वत कमजोर भएको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा ऐत तथा ढुवानीमा अनलाईन ट्रयाकिङ् प्रणालीमा महासंघले म्याण्डिडेट एउटा दिएको र निर्णय अर्कै भएर आएको उल्लेख गर्नुभयो ।
त्यस्तै महासंघका सदस्य तथा मकवानपुरका पूर्व अध्यक्ष अरुणराज सुमार्गीले बुटवलको मकवानपुरको सम्बन्ध र सामिप्यता पुरानो भएको स्मरण गर्दै दुई संघबिच भावनात्मक सम्बन्ध र एकता कायम राख्दै अंगाडी बढ्नु पर्ने औंल्याउनु भयो । स्वागत कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष माधव रिजाल, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, सचिव कमलप्रसाद पौडेल लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा डा.राजेन्द्र नियुक्त

Next Post ≫

भिजिट नेपाल २०२० र लुम्बिनी भ्रमण वर्षलाई जोडेर ब्याड्मिन्टन प्रतियोगिता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क