नवलपरासी, २९ कार्तिक । नवलपुर प्रहरीले नवलपुरको गैडाकोट १० मुकुन्दपुरका पशुपति सापकोटालाई नियन्त्रणमा लिएको छ ।
उनलाई लु ३८ प ८१०६ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले विहीबार कावासोती ८ थकाली चोकबाट दक्षिण भित्री बाटोबाट नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले विप्लव नेकपाको कार्यकर्ता भएको कारण नियन्त्रणमा लिएको जनाएको छ । उनी केही समय विप्लवका जिल्ला सदस्य भएर काम गरेका थिए । उनी दुग्ध उत्पादक पशुपालक किसान पनि हुन् । उनीसँगै रहेको एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।