Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुद्रावती सहकारीको नवौ साधारण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुद्रावती सहकारीको नवौ साधारण

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७६ · 0
रुद्रावती सहकारीको नवौ साधारण
40
SHARES
ShareTweet

सहकारीको लगानीलाई उत्पादनमूल क्षेत्रमा लगाउन सुझाव

श्यामलाल पोखरेल

बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा सञ्चालित रुद्रावती बचत तथा ऋण सहकारीले आफ्नो नवौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभामा बोल्ने सहकारी अभियान्ताहरुले सहकारीको माध्यामबाट आत्मर्भिर बन्न सकिने भएकाले सबै नागरिकलाई सहकारीमा आवद्व गराउनु पर्ने बताएका छन् ।

अर्थतन्त्रको तीन मध्ये एक खम्बा मानिएको सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नराखी व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने उनीहरुको भनाइछ ।

केहि बर्षयता गाउँदेखि सहरसम्म सहकारीहरु खुल्नेक्रम बढेको र यसले बचत गर्ने बानीको विकाससँगै केही आर्थिक क्षेत्रमा सुधार आएकाले अब सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिए ।

साधारण सभामा बोल्दै सहकारीका सल्लाहाकार ताराप्रसाद पराजुलीले बैंक पुग्न नसकेको अवस्थामा सहकारीहरु पुगेर नागरिकको आर्थिक जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सहकारीको भूमिका बढेको बताए ।

उनले सहकारीमार्फत सामूहिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताईन ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चुराबहादुर थापाले नियम पूर्वक सहकारी सञ्चालन भएको बताउंदै सहकारीप्रति बढी चासो राख्न शेयर सदस्यहरुलाई आग्रह गरे ।

अध्यक्ष थापाले वर्तमान नियम कानुनको पालना गरेर सहकारी सञ्चालन गरिएको र सहकारीलाई अझै व्यवस्थित बनाइने प्रतिवद्वता जनाए ।

बुटवल उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र रहेको सहकारीको साधारण सभाले अध्यक्ष चुराबहादुर थापाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राधीका श्रेष्ठको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक धनबहादुर केसीको लेखा प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा सहकारीका सल्लाहाकार दामोदर भण्डारी, राजु पौडेल, यज्ञप्रसाद सापकोटा, प्रगति टोल विकास संस्थाका अध्यक्ष नवराज चापागाई, स.स्थापक सचिव रविन प्रधान, सैनामैना मेमोरियल वोर्डिङ स्कुलका प्रिन्सिपल जेवी क्षेत्री, सदस्यहरु प्रदीप जीसी, नारायण पोखरेल, भीमसेन गौतम, देवकुमारी घिमिरे, कमलप्रसाद ज्ञवाली लगायतले सहकारीबारे आआफ्ना भनाई राखेका थिए ।

चुराबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चुत्रबहादुर पौडेलको स्वागत र सचिव दिलबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

मित्र मंञ्चद्धारा उद्धार तथा मानव समस्या समाधानका वारेमा प्रशिक्षण

Next Post ≫

गैडाकोटका पशुपति सापकोटा पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क