भैरहवा, ११ कार्तिक । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जुवाको खालमा छापा हानी १ लाख बढि नगद सहित ८ जनालाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्वर ३ आँखा अस्पताल नजिकै एक घरमा आईतबारराति १० बजे जुवा (तास) खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले २१२ पत्ती तास र १ लाख ८ हजार १४० रुपैयाँ नगद सहित ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका ८ जनालाई आज (सोमबार) जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट म्याद थप लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।
यस्तै नवलपरासीको देवचुली नगरपालिकाको दलदलेमा रहेको देवचुली पार्टी प्यालेसबाट प्रहरीले २८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
कौडा खेलिरहेको अवस्थामा ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ सहित २८ जनालाई आईतबारराति प्रहरीले नियन्त्रणमा लिएको हो । नेपालमा तिहारको समयमा अत्याधिक जुवा तास खेल्ने गरिन्छ ।
