नवलपरासी, ११ कार्तिक । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा भित्री सडकमा आइतबार साँझ ५ बजेतिर मोटरसाइकल रुखमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना १८ प २९ नम्बरको मोटरसाइकल सडक छेउको रुखमा ठोकिन पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार मोटरसाइकलमा ४ जना सवार रहेकोमा मोटरसाइकल चालक नवलपरासीको कावासोती ५ निवासी २२ बर्षीय कृष्ण कुमालको निधन भएको हो ।
गम्भीर घाइते कुमालको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा निधन भएको हो ।
मोटसाइकलमा सवार अन्य ३ जना घाइते भएका छन् । घाइते मध्ये कावासोती ३ का १६ बर्षीय अमन पुन मगर गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
त्यसैगरी सोही मोटरसाइकल दुर्घटनामा परी कावासोती ५ का १६ बर्षीय राम परियार र १६ बर्षीय धनबहादुर कुमाल घाइते भएका छन् ।
