Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई

संसारपोस्ट संवाददाता · ७ कार्तिक २०७६ · 0
तिलोत्तमा प्रिमियर लिगको उपाधी ज्ञानोदयलाई
50
SHARES
ShareTweet


बुटवल, ७ कार्तिक । सिद्धान्तराज शाही र कमल ओलीको उत्कृष्ट बलिङ्गसंगै रेन्बो ज्ञानोदय गोल्डस्ले सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधी चुमेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मणिग्राम किंगसलाई ८ विकेटले पाराजित गर्दै ज्ञानोदयले उपाधी चुमेको हो । उपाधीसंगै ज्ञानोदयले नगद ४ लाख सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपबिजेता बनेको मणिग्राम किंगस्ले नगद २ लाखमा चित्त बुझाएको छ । फाईनलमा भिड्ने दुबै टिम लिग चरणबाट समुह बिजेता बन्दै फाईनलसम्म आएका टिम हुन ।
जितकालागि पाएको ८८ रनको झिनो लक्ष्य ज्ञानोदयले ९ दशमलव १ ओभरमा पुरा गरेको थियो । सिद्धान्तराज शाही र कमल ओलीको कडा बलिङ्गसामु घुडा टेक्दै मणिग्राम किङसका ब्याटसम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।
मणिग्रामलाई सस्तैमा समेट्नकालागि ज्ञानोदयका सिद्धान्तराज शाहीले ४ ओभरको खेलमा १ मेडन सहित ६ रन मात्र खर्चेर ३ विकेट लिन सफल भए । त्यस्तै, ४ ओभरको खेलमा १९ रन खर्चिंदै कमल ओलीले पनि ३ विकेट लिएका थिए ।
टिमकालागि जितेन्द्र शाहनीले ४ ओभरको खेलमा २५ रन खर्चिंदै २ विकेट लिएका थिए भने दिवान पुन र प्रतिस जिसीले समान १÷१ विकेट लिएका थिए ।
ब्याटिङ्गतर्फ ज्ञानोदयका शंकर रानाले २८ बलमा सर्बाधिक नटआउट ४० रनको योगदान गरे । त्यस्तै देव खनालले ३३ रनको पारी खेले ।
प्रतियोगितामा सिद्धार्थराज साहीले म्यानअफ द म्याचको उपाधी जिते भने कमल ओली मष्ट भ्यालुएवल खेलाडी बने ।
प्रतियोगितामा सियारी राइनोज सबैभन्दा अनुशासित टिमबन्न सफल भएको छ भने ज्ञानोदय गोल्डस्का शंकर रानाले म्यानअफ द सिरिज र बेष्ट ब्याटस् म्यानको उपाधी जिते । त्यस्तै ज्ञानोदयकै प्रतिष जिसि बेष्ट बलर बने । यसैगरि रुपन्देही पल्टन्स्का बिराट भण्डारी उदियमान खेलाडि बनेका छन । त्यस्तै बुटवल युनाइटेडका कुशल मल्लले सबैभन्दा बढि छक्का प्रहार गर्ने खेलाडीको उपाधी जिते । उनले प्रतियोगिताभर १३ छक्का प्रहार गरेका थिए ।
तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब अर्यालको प्रमुख आतिथ्यता, उापाध्यक्ष लोकनेश ढेंगाको स्वागत र राजेन्द्र केसीको संचालनमा समापन समारोह सम्पन्न भएको थियो ।
तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा गत असोज २५ गते शुरु भएको प्रतियोगितामा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता रहेको थियो ।

≪ Previous Post

रुपन्देहीमा पटाका पड्किदा चारजना घाईते

Next Post ≫

पश्चिम नवलपरासीमा लागु औषध सहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क