भैरहवा, ७ कार्तिक । भारतबाट अबैधरुपमा नेपालतर्फ ल्याउंदै गरेको पटाका जन्य पदार्थ पड्किदा रुपन्देहीमा चारजना घाईते भएका छन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्वर ३ पडरिया स्थित भित्री सडकमा लु २० प १५ नम्वरको मोटरसाईकलको साईलेनसरमा पटाका जन्य पदार्थ छोईन गई पड्किदा मोटर साईकल चालक सहित चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सो घटनामा मोटरसाईकल चालक रुपन्देहीको गैंडहवा गाउँपालिका ७ सिसवा बस्ने बर्ष ३०÷३२ को अशोक यादवको दुवै खुट्टामा चोट लागेको र अवस्था गम्भिर रहेकाले मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सो घटनामा पैदल यात्री लुम्बिनी साँस्कृतिक नगरपालिका ३ बस्ने वर्ष ७० की गुलरही मुसलमानको खुट्टा र मुखमा चोट लागेको र मेडिकल कलेज भैरहवामा उपचार भैरहेकोे छ ।
यस्तै पैदल यात्री लुम्बिनी साँस्कृतिक नगरपालिका ३ बस्ने बर्ष २३ को धर्मेन्द्र भुजको हात र खुट्टामा चोट लागेको छ भने नाम थर वतन नखुलेकी बर्ष ४०÷४५ की महिलाको खुट्टामा चोट लागेको र उपचारका लागि भारत गएको प्रहरी प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरिक्षक खडढकबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रहरीले घटना स्थलबाट १ बोरा जुत्ता चप्पल र आधा बोरा पटाका समेत बरामद गरेको छ ।

