बुटवल ७ कार्तिक
ग्रीन ड्राइभ ग्रुपले महेन्द्र इलेक्ट्रिक ब्राण्डको गाडीहरु रुपन्देहीमा बिक्री शुरु गरेको छ । अग्नी इनर्जी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको योगीकुटीमा महिन्द्रा इलेक्ट्रिक भेहीकल्सको नयां शो रुमबाट इलेक्ट्रिक ब्राण्डको गाडीहरु बिक्री गर्न थालेको हो । चार्ज गरेर इलोक्ट्रिकबाट चलाउन मिल्ने नयां मोडलका महेन्द्रका गाडिहरुको कारोबार बिहबिारदेखि शुभारम्भ गरिएको छ । काठमाण्डौपछि बुटवलमा पहिलो पटक आधिकारिक बिक्रेता अग्नी इनर्जी बुटवलका बिक्रेता ग्रीन ड्राइभ ग्रुपका निर्देशक अजयकुमार खातीले रुपन्देहीमा सस्तो प्रविधिका गाडिहरु भित्राइएको बताउनु भयो । उक्त शो रुमको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । संविधानसभा सदस्य सीतादेवी बौडेल, अग्नी ग्रुपका प्रबन्धक निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नी इनर्जीका बरिष्ठ कार्यकारी प्रबन्धक निर्देशक प्रमोद भण्डारीले संयुक्त रुपमा शो रुमको उद्घाटन तथा शुभारम्भ गर्नु भएको हो । त्यस अबसरमा बोल्दै संविधानसभा सदस्य बौडेलले बिद्युतीय माध्यमबाट चल्ने कारहरु प्रयोग गरिएमा नेपालको अर्थतन्त्र बलियो हुने बताउनु भयो । उहाँले इन्धनका लागि बिदेशीने अर्बौ अर्व पैसा नेपालमै रोकिने र आर्थिक समृद्विका बाटाहरु खुल्ने बताउनु भयो । बिद्युतीय गाडिहरु बढी भन्दा बढी प्रयोग गरिए बातावरण स्वच्छ हुने र सर्वसाधारण नागरिक गाडिको पहुंचमा पुग्न सक्ने उहाँले बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बिद्युतीय गाडिको प्रयोगले गाउं शहर धुवारहित हुन,आर्थिक भार कम हुने बताउनु भयो । कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक, सहकारी संघका केन्द्रिय सदस्य कृष्ण नेपाल, निर्माण व्यवसायी संघ प्रदेश सह संयोजक मन्जु भुसाल लगायतले धारणा राख्नु भएको थियो ।